मुख्य समाचारसर्लाही समाचार

सर्लाहीमा गोली हानी युवकको हत्या

शनिबार राति गोली प्रहारबाट सर्लाहीको सदरमुकाम मलंगवा नजिकै एक युवकको हत्या भएको छ । मलंगवा नगरपालिका-२ का ३१ वर्षीय मनोज यादवको गोली हानी हत्या भएको हो ।

गोली प्रहार गरी हत्या भएको अवस्थामा मलंगवा नगरपालिका-८ आँखा अस्पताल नजिक एकान्त सडकमा आइतबार बिहान यादवको शव फेला परेको हो ।

उनको शनिबार राति नै गोली प्रहार गरी हत्या भएको र शव आइतवार बिहान मात्र फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घटनास्थल नेपाल-भारत दशगजा नजिक एकान्त ठाउँमा भएकाले बेलैमा कसैले भेउ पाउन सकेन । सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।

यादवमाथि पाँच राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवको घाँटी र गालामा गोली प्रहार गरिएको छ । घटना पछि स्थानीय त्रसित छन् ।

Tags
Back to top button
Close