Latest News from Terai Madhesh

सप्तरीमा चितुवाको आक्रमणमा परि ५ जना घाइते

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको चितुवाको आक्रमणबाट बुधबार सप्तरीमा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा कञ्चनरुप नगरपालिका १० का ६० वर्षीया राजवती देवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्य नारायण चौधरी रहेका छन् ।

घाइतमध्ये भरत, हिरानन्द, महावती, र सत्य नारायणलाई उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको र राजवती देवीको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चितुवालाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिई आरक्षको कार्यालय कुशाहामा बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...

Arun Sah Web Hosting