Latest News from Terai Madhesh

प्रदेश २ का बिद्यालयहरुमा शुक्रबार पनी ४ बजेसम्म पढाउन निर्देशन

प्रदेश नम्बर २ का बिद्यालयहरुले अबदेखी शुक्रबार पनि दिउँसो ४ बजेसम्म विद्यालय संचालन गर्नुपर्ने भएको छ ।

यसका लागी प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र समेत काटीसकेको छ ।

प्रदेशका अधिकांस बिद्यालयहरुमा कक्षा सञ्चालनमा मनपरी हुनेगरेको पाईएपछी निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई बिहान १० बजदेखीनै कक्षा सञ्चालन गर्न पनी भनेको छ ।

‘बिद्यालयहरु १० बजे नै खोलिएपनी साढे १० बजेपछी मात्रै कक्षा सञ्चालन हुनेगरेको अनुगमनमा पाईयो’ निर्देशनालयका प्रमुख रमाकान्त शर्माले भने ।

पत्रमा विद्यार्थीलाई ९ः४५ बजे विद्यालयमा उपस्थित हुन भनिएको छ र त्यसैगरी ९ः४५ मा पहिलो घण्टी लगाई छरिएका विद्यार्थीलाई लाइनमा लाग्न जनाउ दिने, ९ः५० मा दोस्रो घण्टी लगाइ लाइनमा लगाई पिटी, राष्ट्रिय गीत गाउने, सूचना सम्प्रेष्ण गर्ने लगायतका कार्य सकी ठीक १० बजे कक्षामा शिक्षक र विद्यार्थी उपस्थित भई शिक्षण सिकाइ सुरु गर्नुपर्ने पनी पत्रमा उल्लेख गरिएको छ ।

‘माथी उल्लिखित कुराहरु सम्भव नहुने देखिएको खण्डमा १०ः१५ बजेसम्म पनि अनिवार्य रुपमा कक्षाहरु शुरुवात गर्नेगरी समय व्यवस्थापन गर्न सकिनेछ ।’, पत्रमा भनिएको छ ।

Loading...

Arun Sah Web Hosting