सप्तरी समाचार

सप्तरीमा नहरमा डुबेर युवककाे मृत्यु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित नहरमा डुबेर ३५ वर्षीय युवकको मृत्यु भएको छ । शुक्रबार तिलाठी कोइलाडी ५ बनरझुलास्थित नहरको साइफनमा डुबेर सोही ठाउँका ३५ वर्षीय अशोक रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सप्तरीका डिएसपी भावेश रिमालका अनुसार मृतककाे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरी आवश्यक अनुसन्धान गरिँदै छ ।

Back to top button
Close