Latest News from Terai Madhesh

५ राउण्ड गोली र २ थान पेस्तोलसहित १ जना पक्राउ

५ राउण्ड गोली र २ थान पेस्तोलसहित रौतहट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने ४७ वर्षीय नकुल राउत कुर्मीलाई अटोमेटिक पस्तोल १ थान, कटुवा पेस्तोल १ थान र कटुवा पेस्तोलमा फिट हुने गोली ५ राउण्डसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईशनाथ नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल २ नम्बर बाहिनी महोत्तरीबाट खटेको प्रहरी टोलीले बकैया खोलाको बन्जारा घाटमा हिँडिरहेका कुर्मीलाई उक्त हतियारसहित फेला पारि नियन्त्रणमा लिएको थियो ।

सोही जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टाेलीले कुर्मीलाई पक्राउ गरेको हो ।

Loading...

Arun Sah Web Hosting