Latest News from Terai Madhesh

धनुषा : जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह, ९ जनाको मृत्यु

धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ ।

 मानवीय क्षति बारे अहिले भनिहाल्ने अवस्था नभएको र घाइतेहरुलाई जनकपुर अचल अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीका अनुसार उदयपुरबाट धनुषा आउादै गरेको बसमा ११ हजार भोल्टेजको तारले छोएको हो ।

Loading...

Arun Sah Web Hosting