Latest News from Terai Madhesh

गाडी दुर्घटना हुदा सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते

श्याम गुप्ता । शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ ।शहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो।गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्।सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो । सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको हो।गाडी सडकबाट १० मिटर तल खसेको छ ।

गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।गम्भीर घाइते सिडिओ भट्टराईलाई दुर्घटनास्थलबाट नै उपचारका लागि वीरगन्ज पठाइएको छ ।

गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अल्पाइन अस्पताल, सिमरामा उपचार भइरहेको छ।

Loading...

Arun Sah Web Hosting