Latest News from Terai Madhesh

महोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिए

महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए । पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

Loading...

Arun Sah Web Hosting