Latest News from Terai Madhesh

निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तै सेवा सुबिधा दिनु पर्नेमा जोड : भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल

प्रदेश न २ को भौतिक योजना पुर्वधार मन्त्री जितेन्द्र सोनल निजि शैक्षिक संस्थालाई पनि सामुदायिक बिधालय जस्तो सेवा सुबिधा राज्यले दिनु पर्ने बताउनु भएको छ। बाराको परवानिपुर गाउपालिका ३ स्थित सरस्वती सकेन्डरी ईग्लिस स्कुलमा निजि तथा आवशिय बिधालय एशोसोयसन बाराले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित जिला स्तरिय हाजरिजवाफ प्रतियोगितालाई शुकवार उदघाटन गर्दै मन्त्री सोनलले बताए ।

प्रमुख अतिथी रहनु भएको सोनलले राष्ट्रिय शिक्षा निति बिभेदकारी   रहेकोले सामुदायिक तथा निजि शैक्षिक संस्थालाई नसमेटिएको गुनासो गर्नु भएको थियो । शिक्षामा निजि बिधालयले उतकृष्ट नतिजा तथा बिद्यार्थीको चाप अनुसार ब्यवस्थित राखेको पनि राज्यदारा निजि बिधालयको छात्र छात्राले पाउने छात्रवृत्ति नपाएको बताए।

निजि शैक्षिक संस्थाले सबै तीर नया गुणस्तरीय शिक्षा ,शिक्षामा बालबालिकाको पहुच नगरेको भए साम्प्रदायिक बिधालयले देश भरको बिद्यार्थीको भार ओगटन नसक्ने उनले बताए । सो अवसरमा नेशनल प्याबसन प्रदेश न २ को अध्यक्ष जयप्रकाश चौधरिले बारा ,पर्सा लगायत मधेशको जिलामा निजि बिधालयको अवस्था र अवधारणा पत्र समानिय मन्त्री सोनललाई बुझाईएको थियो ।  सोहि उदघाटन समारोहलाई समबोधन गर्दै परवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साहले सघिय सरकारले शिक्षा निति स्थानिय तहमै सौपिसकेकोले हामिले शिक्षा निति स्थानिय तहमा आफै बनाएर अघि बढ्ने र शिक्षा भएको त्रुटीलाई सच्च्याउनु पर्ने बताए ।

नेशनल प्याबसन बाराको अध्यक्ष प्रभुलाल कुश्वाहाको अध्यक्षतामा समपन कार्यक्रममा शिक्षा बिकास बाराको नियमित प्रमुख अशोक रौनियार ,नेशनल प्याबसन पर्सा अध्यक्ष रामसुन्दर चौधरी, प्रदेश न२ नेशनल प्याबसनको स सचिव जितेन्द्र यादव  लगायतले बाल दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेशनल प्याबसन बारामा  आवढ माध्यमिक तहको ४६ बिधालय र प्राथमिक तहको ३५ बिधालयको भाईबहिनिहरुले  बालदिवसको अवसरमा हाजरिजवाफ प्रतियोगितामा भाग लिएका थिए ।

Loading...

Arun Sah Web Hosting