Latest News from Terai Madhesh

मलपोतको मिलोमतोमा १२ विघा जग्गा भुमाफियाको नाम

बारागढि गाउपालिका वार्ड नं. ५ मा पर्ने करोडौ रुपैयाको जग्गा भुमाफियाले कब्जा गरेको रहस्य खुलेको छ ।

१२ विघा सार्वजनिक जग्गा बारा कलैया उपमहानगरपालिकाका बृजकिशोर कलवारले ११ विघा, प्रेम महतोले १५ कठा र सरस्वति कनुईनले ५ कठा आफनो नाममा दर्ता गराएको स्थानिय रामबाबु साहले बताए ।

वडाध्यक्ष मनेजर चौधरीका अनुसार गौचरण रहेको जग्गामा प्लटिङ्ग गर्न खोज्दा आफुलाई थाहा भएको बताउछन । वडाका करिव दुई हजार तीन सय जनता यस सार्वजनिक जग्गाबाट लभान्वित हुने गरेको वडाध्यक्ष चौधरीले बताए ।

ती सार्वजनिक जग्गामा स्थानियले बाजे र बुवाको पाला देखि नै तराईमा मनाईने हिन्दुहरुको ठुलो पर्व छठ, खेलाडिहरुले फुटवल खेल्ने गरेको र दाहसंस्कार गर्ने गरेको थियो ।

सो एलानि जग्गा राणा शासनकालमा सुर्यमान श्रेष्ठनीले श्याम विक्रम राणा र प्रिया वन्दना राणाको नाममा लेखत गरिदिएको देखिन्छ ।

राणा शासनमा हुकुम प्रमाणित भन्ने चलन रहेको थियो । जसमा राणा सरकारले जसलाई जति जग्गा हुकुम प्रमाणित गरि दिएको भए सो जग्गा त्यस व्यक्तिले खन जोत गर्दै आउने परम्परा रहेको थियो । अहिलेको परिवेशमा राजतन्त्र समाप्त भएकोमा राणा सरकारले गरेको निर्णय मान्य नहुने स्थानिय बताउछन ।

विस २०७१ सालमा नया लेखत खडा गरि मालपोत र गाविसको सचिवको मिलोमतोमा गैरकानुनी तवरले मालपोत कार्यलय मै फर्जि सर्जमिन मुचुल्का उठाई १२ विघा किर्ते जग्गालाई जसरी पनि सार्वजनिक नै कायम गराउने बारागढि गाउपालिकाका उपमेयर लक्ष्मी राय यादवले बताईन ।

गाउमा सर्वदलिय बैठक बसि सल्लाह पछि मालपोत धाउदा धाउदै थाके पछि विस २०७३ भदौमा भुमी सुधार मन्त्रालय काठमान्डौमा जग्गा दर्ता बदर निवेदन दायर भएको देखिन्छ ।

तारेख उठाउदै बल्ल बल्ल विस २०७५ जेष्ठ १६ गते विवादित जग्गा स्थलमा मालपोत कार्यलय बाराका नायव सुव्वा मदन प्रसाद गुप्ता, कौशल झा, श्याम बहादुर कार्की, गाउपालिका प्रमुख देवदत बछार, उपप्रमुख लक्ष्मी देवी राय, वडाध्यक्ष मनेजर चौधरी, रविन कुमार राजवंशी, गाउपालिका सदस्य अच्छेलाल राम, गोपचन यादव, सतलाल महतो, रोएन माझी, विगु राम, लालबाबु साह, गजेन्द्र पासवान लगायतको रोहवरमा सर्जमिन गरिएको छ ।

मालपोत कार्याल बारामा कार्यरत कर्मचारीहरुको मिलोमतो र गैर जिम्मेवारीपनका कारण कयौ यस्ता किर्ते जग्गाहरु भुमाफियाहरु आफनो नाममा गराउन सफल भईरहेको देखिन्छ ।

Loading...

Arun Sah Web Hosting