बारा समाचारभिडियो

कलैया स्थित प्रभु बैंकको शाखा स्थान्तरीत

अजय साह
बारा

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको प्रभु बैंक वडा नम्वर १ मा स्थान्तरण भएको छ ।

विस २०७१ मा प्रभु विकास बैंक बाट प्रभु बैक भएको प्रभु बैंकका शाखा प्रमुख चन्दन प्रसाद गुप्ताले बताएका छन ।

नेपाल भरि एक सय पचास शाखाबाट प्रभु बैंकले सेवा दिईरहेको गुप्ताले बताए ।
बारा जिल्ला मै पहिलो एटिएम ल्याई सेवाग्राहिलाई यस बैंकाले सेवा दिने गरेको समेत उनले बताए ।

१६ वटा स्थानिय तह रहेको यस जिल्लामा कलैया, सिमरा र निजगढबाट सेवा प्रदान गरिरहेको जानकारी गराएका छन ।

कलैया शाखामा करिव अठार हजार सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको विरगंज शाखाका प्रवन्धक भुषण गुप्ताले जानकारी गराएका छन ।

कार्यक्रमको अध्यक्षता गरिरहेको प्रवन्धका गुाप्ताले प्रभु बैंक नेपाल कै लिडिङ्ग बैक रहेको बताए । हामी छिटै वृद्धहरुको लागि छुटै काउन्टर बनाई सेवा दिन व्यस्था मिलाईरहेको समेत उनले बताए । सेवाग्राहीको सुरक्षाको लागि मेन गेटबाट नै सिसि क्यामरा लगाएको गुप्ताले बताए ।

कार्यक्रमा कलैया उपमहानगरपालिकाका मेयर राजेस राय यादव, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, प्रहरी नायव उपरिक्षक रंजित सिह राठौर, जय प्रकाश गुप्ता लगायतकाले शुभकामना दिएका थिए ।

Back to top button
Close