बारा समाचारभिडियोमुख्य समाचार

प्रहरीले ज्यादति गरेको भन्दै ब्यापारीहरुद्धारा कलैया बन्दको घोषणा (भिडियो सहित)

संजय तिवारी

प्रहरीले ब्यापारीमाथि ज्यादति गरेको भन्दै ब्यापारिहरुले बिहिवा देखि अनिश्चितकालिन कलैया बन्दको घोषणा गरेका छन् ।
बारा उधोग बाणिज्य संघको आह्वानमा कलैयामा बसेका ब्यापारिहरुको बैठकले बन्दको घोषणा गरेको बारा उधोग बाण्ज्यि संघका अध्यक्ष बिनोद साहले जनाए ।

बुधवार बिना ईजाजत जिल्ला प्रहरी कार्यालयबाट खटिआएको प्रहरीको ठुलो समुहले कलैया उपमहानगरपालिका वडा नं.१ स्थित मनिता एग्रो ईन्टरप्राईजेजमा छापा मारेपछि ब्यापारीहरु आक्रोशित भएका हुन् ।

प्रहरीले छापा मार्ने आशय बारे जानकारी नदिई र आन्तरीक राजस्व कार्यालयको सहभागिता बिना आफै छापामारी गरी पसलका सञ्चालक पवनकिशोर साहलाई नियन्त्रणमा लिन खोजेका ब्यापारीहरुको आरोप छ ।

‘राजस्व छलि वा गुणस्तरहिन सामाग्रि बिक्र बितरण गरेको शंका लागेमा नियमानुसार आन्तरिक राजस्व कार्यालयले प्रहरीको शुरक्षमा सर्च गर्नसक्छ तर यहां आन्तरिक राजस्व कार्यालयले नभई प्रहरी आफै दादागिरी शैलिमा शर्च गर्न आयो’ बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साहले भने ‘प्रहरीको यस्तो क्रियाकलापने ब्यापारी त्रसित भएका छन् ।’

साहले ब्यापारीक प्रतिष्ठानमा सर्च गर्दा उधोग बागिज्य संघको प्रतिनिधि समेत समावेश गर्नुपने ब्यवस्था भएपनि त्यसो नगरिएको बताए ।

छापामारीमा जिल्ला कृषि बिकाश कार्णलयको प्रतिनिधिले कुनै सामाग्रि प्रतिबन्धित नरहेको, पछि सिडियो कार्यालयमा आएका आन्तरिक राजस्वका कर्मचारीले समेत कर छलि नभएको रिपोर्ट दिएतापनि जिल्ला प्रहरी कार्यालय बाराकि एसपि मिरा चौधरीले पसलको ल्यापटप ल्याउन दवाब दिएकि थिईन् । पछि ब्यापारीले ल्यापटप लग्न नदिने अडान राखेपछि केहिबेर स्थिति तनावग्रस्त भएको थियो । त्यसपछि बिहिवार बिहान ८ बजे पसल खोल्न र त्यसबेला आन्तरीक राजस्वका कर्मचारीले स्टक भेरीफाई गर्ने सम्झौता भएको थियो ।

बिहिवार आन्तरीक राजस्वका कर्मचारी नआउंदा ब्यापारि पसल खोल्न गएका थिए । त्यहां खटिएका प्रहरिले पसल खोल्न नदिने माथिको आदेश रहेको बताएपछि ब्यापारी आक्रोशित भएका छन् ।

प्रहरीले ब्यापारीमाथि गरेको ज्यादति बन्द नगरेसम्म बजार नखुल्ने र सबै पसलको सांचो सिडियो कार्यालयमा बुझाउने बारा उधोग वाणिज्य संघका अध्यक्ष बिनोद साहले बताए ।

Back to top button
Close