Latest News from Terai Madhesh

वडाध्यक्षद्धारा जनता माविमा अनिवार्य कम्पयुटर शिक्षाको उदघाटन

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ जनता मावि भवानीपुरमा अनिवार्य कम्पयुटर शिक्षा उदघाटन गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष जलाउदि मंसुरले वडा नम्वर ३ मा रहेका ३ वटै सरकारी विधालयको गुणस्तर सुर्धान आफु जे पनि गर्ने प्रतिवद्धता गरेका छन ।

सरकारी विधालय प्रतिको दृष्टिकोण बदल्नलाई नै अगं्रेजी माध्यममा अध्यापन गराउने निर्देशन दिएको मंसुरले बताए ।

प्रविधिकको विकास दत्रमा गति अघि बढिरेहेकोले अवको शिक्षा विधार्थीहरुलाई प्रोजेक्टरले पढाईने वडाध्यक्ष मंसुरले जानकारी गराएका छन । अव शिक्षकले कक्षा कोठामा के पढाउने त्यो घरबाट पेनड्राईभमा तैयार पारि ल्याई कक्षाकोठमा विधार्थीलाई पढाउने जनाईएको छ ।

विधालयका कक्षा ६, ७ र ८ का विधार्थीलाई अनिवार्य कम्पयुटर विषयको पढाई हुने प्रधानाध्यापक लालबाबु जैयसवालले बताए । कम्पुटर शिक्षाको लागि छुटै शिक्षक राखि पढाउने समेत जैयसवालले बताए । विधालयमा करिव ७ सय ६० जना विधार्थीहरु अध्यन गरिरेहेको विधालयले जनाएको छ ।

Loading...

Arun Sah Web Hosting