Latest News from Terai Madhesh

प्रहरी नायव उपरिक्षक भुवनेश्वर साह बारा अपराध मुक्त बनाएको : रामबाबु मेहता उपाध्यक्ष पत्रकार महासँघ बारा

विगत १० महिना देखि बारामा कार्यरत रहि सरुवा भएका प्रहरी नायव उपििरक्षक भुवनेश्वर प्रसाद साहलाई बाराको कलैया उपमहानगरपालिकामा एकै साथ दुई दर्जन भन्दा बढि सँघसंस्था कलैया उपमहानगरपालिका, प्रसौनि गाउपालिका लगायतले शुक्रवार सम्मान तथा विदाई गरेका छन ।

उधोग वाणिज्य सँघको सभाहलमा भएको बिदाई तथा सम्मान कार्यक्रममा नागरिक संवाद मंच बाराका संयोजक मुकेश साहको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी साहलाई सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रममा नेपाल पत्रकार महासँघका उपाध्यक्ष रामबाबु मेहताले नेपाल पत्रकार महासँघले अहिले सम्म कसैको सम्मान गर्न अवसर नपाएको तर बारावासीमा अमन शान्ति कायम गरि अपराध नियन्त्रण गर्न सफल रहेका साहलाई सम्मानित गर्दा धेरै नै खुसी लागेका बताए ।

सम्मान कार्यक्रममा बोल्दै डिएसपी साहले एउटै मंचबाट यतिका संस्थाले सम्मान गर्नु आफुलाई झन यो भन्दा पनि राम्रो काम गर्न प्रेरित गरेको बताए ।

उद्योग बाणिज्य संघ बाराका अध्यक्ष बिनोद साहले आफ्नो देश प्रतिको प्रेम हुनुको साथै राजनीतिक, संचारकर्मी, उद्योगी, जनता बिच छोटो समयमा पनि डिएसपी साहले मन जित्न सफल भएको बताएका छन । साहले प्रहरीले नै चलाएको प्रहरी मेरो साथिको कार्यक्रमलाई असल दायित्वका साथ डिएसपी साहले निर्वाह गर्न सफल हुनु भएको बताए ।

उद्योग बाणिज्य संघ कलैया बारामा आयोजना भएको सम्मान तथा बिदाई कार्यक्रममा प्रमखु अतिथि निमित प्रमुख जिल्ला अधिकारी मुकेस केशरी, नेविसँका सहमहामन्त्री राजेस रौनियार, तरुण दल बाराका लुकेस सिह, माओवाादीका मुकेस साह, राजपाका पिकीं यादव, महिला तथा बालबालिका सेवा केन्द्रका ओमप्रकास कुशवाहा, महिला सञ्जालकि वविता जैयसवाल, कmलैया उपमहानगरपालिकाका प्रमुख राजेस राय यादव, उपप्रमुख रहिमा खातुन, प्रसौनि गाउपािलका अध्यक्ष भोला गुप्ता, उपािध्यक्ष रिना साह लगायतले डिएसपी भुवनेशवर साहको बिषयमा अलग अलग प्रतिक्रिया र बारामा गरेका कार्यहरु सराहनीय रहेको बताएका थिए ।

Loading...

Arun Sah Web Hosting