Latest News from Terai Madhesh

जनकपुरमा मोदीलाई हेर्नेको घुइँचो, भीड नियन्त्रण गर्न लाठीचार्ज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही बेरमा जनकपुर आइपुग्दै छन् । जनकपुरमा मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो लागेको छ ।

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले अत्यधिक भीड भएको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

मोदीको अभिनन्दन समारोह हेर्न बिहानैदेखिको भिड लागेको हो ।

Loading...

Arun Sah Web Hosting