Latest News from Terai Madhesh

ब्यवस्थापन समितिको मानोमानीले स्कुल विद्यार्थी बिहीन

श्यामबाबु साह

अभिभावक शिक्षक तथा जनप्रतिनिधिहरुको गैर जिम्मेवारीका कारण बारा जिल्लाको आधारभूत तहका सामुदायिक विद्यालयहरुको अवस्था दयनिय बनेको छ ।

कागजी प्रक्रियामा अधिकांश आधारभूत सामुदायिक विद्यालयहरुमा झण्डै २१ भन्दा बढी विद्यार्थीहरु अध्यययरत रहेको हाजिरी रजिष्टरहरुमा देखाईए पनि विद्यालयहरुमा एक विद्यार्थीहरु समेत अध्ययन गरिरहेको पाइँदैन ।

२०६८ सालमा स्थापित माहा गाढीमाइ नगरपालिका वार्ड नं.४ मलहनीमा रहेका बालबिकाश प्राथमिक विद्यालयमा पुग्दा हाजिरी रजिष्टरमा २१ सय भन्दा बढी विद्यार्थीहरु र २ जना शिक्षक रहेको भएता पनि बिधालय विद्यार्थी बिहीन रहेको छ ।

Loading...

Arun Sah Web Hosting