Latest News from Terai Madhesh

नेता साहको अवरोध पछि अवैध कटानी बन्द, सहमतीमा गर्ने निर्णय

संजय कुमार सहनी

सहरी सवकास मनत्रालयको आयोजना अन्र्तगत रौतहटको गौर नगरपालिकामा सडक बिस्तारको क्रममा भईरहेको अबैध कटानी विभागको निर्देशन पश्चात समेत नरोकिएपछि युवा नेता शम्भु साह सहितको टोलीले श्क्रबार आज वडा नं. ७ सिसवामा अवरोध गरेका छन ।

विहीवार गौर नगरपालिकाको जेसीबीले नै अवैध कटानी गरेपछि नेता साहले आफै अवरोध गर्ने घोषणा गरेका थिए । सो बमोजिम नेकपा एमाले नेता साह सहित पुगेका स्थानीय जग्गाधनीहरुले कटानी स्थलमा पुगेर बिरोध जनाएका हुन् ।

बिरोध पछि पुगेका ठेकेदार नागेन्द्र साह र पिडित पक्ष बिच नेता साहको रोहवरमा केही सहमती भएको छ । सो बमोजिम नगरको विभिन्न ठाउँमा भएको कटानी जग्गालाई एक हप्ता भित्र मिलान गर्ने र पूनः निरीक्षण पश्चात पिडित पक्षको मांग बमोजिम माटो पूर्ने वा उचित क्षतिपूर्ति दिने सहमती भएको नेता साहले बताए ।

विभागले माटोको व्यवस्था ठेकेदारले गर्नु भनिसकेको अवस्थामा अब उपरान्त माटो आफैले व्यवस्था गर्ने वा कटानी नै गर्नु परे जग्गाधनीको स्वेक्षिक सहमती वा क्षतिपूर्तिसहितको सहमतिमा मात्र कटानी गर्ने ठेकेदार साहले प्रतिबद्धता जनाएका छन
सिसवाको निरिक्षण पश्चात नेता साह, ठेकेदार, संचारकर्मी तथा स्थानीयहरुको टोली नगरको अन्य वडाको निरीक्षणमा पुग्ने संचारकर्मी ईन्द्रजित सिंहले जनाएका छन ।

स्मणीय छ कि आन्तरीक सम्झौता गरी नगरको विभिन्न भागमा नगरप्रमुख अजय गुप्ताले मनमानी रुपमा सर्वसधारणको खेत घडेरीबाट माटो कटानी गर्न ठेकेदारलाई सघाउदै आएका थिए । पिडीतहरु सहमति बिना नै गरिदै आएको कटानीले आक्रोशित बनेका छन भने विभागले समेत यसलाई व्यवस्थित गर्न निर्देशन दिईसकेको छ ।

यति हुदा हुदै समेत गौर नगरपालिकाबाट भाडामा झिकाईएको जेसिबीले विहीवार सिसवामा अवैध रुपले कटानी गरिरहेको थियो । बस्तीको बिच वा नजिक गरिने मनमानी खाल्डोले गरुडाको घटना दोहरिन सक्ने सम्भावना रहेको र बजेट प्रयाप्त रहेपनि नगरप्रमुखकै चासोमा सडक छेउबाट कटानी भईरहेको देखेपछि आफू बिरोधमा उत्रेको नेता साहले प्रतिक्रिया दिएका छन टेण्डरमा माटो बाहिरबाट ल्याएर सडक निर्माण गरिनुपर्ने भन्दै सरकारले रु। ४ सय ५० प्रति घनमिटर निकासा गरेकोले विना मुआवजा आफ्नो खेतबाट माटो खन्न नदिन नेता साहले सर्वसाधारणसँग अपिल गर्दै आएका थिए ।

उहाँले विभागले अरबौं लागतको टेन्डरमा माटो शिर्षकको नाममा २ करोड ४ लाख रुपैयाँ निकासा गरेको उहाँले प्रष्ट पारे । यदि जनताको खेतबाट माटो खन्ने हो भने मात्र २२ लाखको हाराहारीमा सकाई ठेकेदारलाई १ करोड ८० लाख रुपैया जोगिने प्रष्ट छ । हामी विकासका बिरोधी होइृनौ तर विना मोअवजा जनताको खेतबाट माटो नकाटियोस् , खाल्डोको कारण भविष्यमा हुने दुर्घटना बारे सोच्योस् , जनताको नाममा आएको रकम दुरुपयोग नहोस् भनी जनतालाई सघाउन यस्तो कडा कदम चालेको प्रतिक्रिया दिए ।

यदि रकमी चलखेल होइन भने शहरी विकासको टेण्डरमा मेयरले ठाडै हस्तक्षेप गर्नुको कुनै तुक नरहेको बताए ।
सडक किनारबाट सार्वजनिक रुपमा माटो कटान भईरहदा नगर प्रमुखले कुनै बक्तव्य दिन नसकेको प्रति समेत साहले शंका ब्यक्त गरे ।
कतै माटोमा मात्र ठेकेदार १ करोड ८० लाख हुने मुनाफामा कमिशनको खेल त छैन भनेर साहले सम्पूर्ण सरोकारवालालाई ध्यानआकर्षण गराए ।

विकास कार्यको लागि आपसी सहमती र समन्वय आवश्यक रहेपनि नगरप्रमुखको क्रुर मान्सिकताका कारण अवरोध उत्पन्न भईरहेको भद्र भलादमीहरुको कथन रहेको छ । यस सन्दर्भमा मेयर गुप्तासँग कुरा गर्दा आफुले नियम विपरीत कुनै काम नगरेको र स्टिमेटको परिधिमा रहेर ठेकेदारलाई सघाएको बताए ।
के छ त स्टिमेटमा ?
10 m Haulage भनेको १० मिटरबाट ढुवानी गरेर माटो बाहिरबाट ल्याउनुपर्ने छ ।
बाहिरबाट ल्याएको माटोलाई १० मिटरको परिधिमा राखेर भणडारन गरि राख्ने र सडकमा छर्ने र हरेक ६ ईन्च १५० एमएममा क्यान्पेक्शन९लोरर ० गर्ने सो वापत नै त्यसको प्रति घनमिटर रु।४५० तोकिएको छ ।
सडकको छेउबाट माटो काटेर गर्नु हो भने रु।५० प्रति घनमिटर प्रशस्त हुने योजना विभागका एक ईन्जिनियरले बताएका छन् ।

Loading...

Arun Sah Web Hosting