Latest News from Terai Madhesh

९ हजार ५ सय घुस सहित नेपाल बिधुत प्राधिकरण कलैया शाखाका ईन्जिनियर पक्राउ (भिडियो सहित)

नेपाल विधुत प्राधिकरण बाराका ईन्जिनियर घुस सहित पक्राउ परेका छन ।

सेवाग्राहीको काम गरिदिने भनेर नगद ९ हजार ५ सय रुपैया घुस सहित अख्तियार अनुशन्धान कार्यलय हेटौडाबाट महेन्द्र खडकाको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रधिकरणका ईन्जिनियर रतेश्वर कुमार चौधरी रहेको खडकाले बताएका छन ।

विभिन्न समयमा सेवाग्रहीलाई दुख दिदै आएको गुनासो पछि छडके अनुगमन गर्दा बुधवार रंगेहात चौधरी पक्राउ गरिएको खडकाले बताए ।

आफुले लिएको रकम घुसको नभई साथीलाई सापटि दिए वापत लिएको विधुत प्रधिकरणका ईन्जिनियर रतेश्वर कुमार चौधरीले प्रतिक्रिया दिएका छन ।

स्थानिय तहले नियमित अनुगमन र निरिक्षण नगर्दा अहिले सम्म निमुखा जनताहरु स्थानिय सरकारको अनुभुति गर्न नसकेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताएका छन ।

 

Loading...

Arun Sah Web Hosting