Latest News from Terai Madhesh

वडाअध्यक्ष मंसुरद्धारा ११ जना छात्राहरुलाई साईकल बितरण

कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जलाउद्दिन मंसुरले कलैया भवानीपुर स्थित वडा कार्यालयमा शुक्रबार एक कार्यक्रम बिच ११ जना क्याम्पस पढ्ने छात्राहरुलाई साईकल बितरण गरेका छन् ।

बारा क्षेत्र नं. ३ की बिधायक ज्वाला कुमारी साहको प्रमुख आथित्य तथा वडाअध्यक्ष मंसुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवानीपुर, बैधनाथपुर र गंगापुरका क्याम्पस पढ्ने छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

मधेशमा छोरा सरह छोरीहरुलाई पनि शिक्षा दिक्षा प्रदान होस भन्ने मुल आशयले छात्राहरुलाई साईकल बितरण गरिएको मंसुरले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका युवा, नेता मुकेश साह, दिनेश यादव, जितेन्द्र गुप्ता लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Loading...

Arun Sah Web Hosting