Latest News from Terai Madhesh

गर्नेलाई भन्दा देख्नेलाई लाज…………………(व्यङ्गय)

bibekमानव प्रवृतिको व्याख्या गरी साध्य छैन । ईश्वरको अनुपम रचना जस्ले ईश्वरको प्रतिमालाई त बेच्न छोडेन, त्यसले प्रकृतिको विनाश ( वास्तवमा यो We नाश हो । ) गर्न कसरी छोड्ला । साना तर महत्वपुर्ण र अव्यहारिक प्रवृतिको कुरा गरौ ।

ए, राजु यता आउ त भनेर तपाईले राजुलाई बोलाउदा राजु धारेहात देखाउदै आउदैछु भनि परक्क मुन्टो बटार्दै विपरित दिशातिर लाग्छ । ए बाबा आउदैछु भनेर आउनुपर्ने होइन नत्र भने आउदिन भने भईगो नि कस्तो अचम्मको हाम्रो चाला भनि साध्य छैन ।
त्यसतै अर्को प्रसङ्ग, बिर्सेर पनि कसैलाई कुनै कुरा भन्दा “कसैलाई नभन्नु” भन्ने दुस्साहस नगर्नु होला । कुरा सुने पश्चात सुन्नेको त पेटै ढुस्स भएर आउछ, तत्पश्चात दोस्रोले तेस्रो, तेस्रोले चौथो, चौथोले पाँचौ क्रमश : कथित गोप्य कुरा भन्दै अन्त्यमा कसैलाई भन्नु नभन्न चाहि बिर्सिदैन्न् ।
( पुनश्च : कुरामा प्रकृति अनुरुपको मसला पनि लगाईन्छ । )
झन् बालबालिकालाई त यसो गर्नु हुदैन भन्नु त अपराध गरे सरह नै हो । यसो नगर्नु भन्नु उनिहरुलाई उक्साउनु र गर भने सरह नै हो । त्यसैले त भन्छन् नि केटाकेटीहरुले गल्ति गरे नगरे बिहान बेलुका एक झापड हिर्काउ फरक पर्दैन कारण दिनभरीमा केहि न केहि बिगारेकै हुन्छन् र अभिभावकले थाहा पाएर पिटे भन्ठान्छन् ।
आहो भुसुक्क बिर्सेको तपाईको काम गर्दिन्छु, लगभग भैसक्यो, भैहाल्छ नि, म जिम्मेवार भए यी ती वाक्यहरु हुन् जस्को प्राप्ति कसैलाई काम अह्राए पश्चात प्राप्त हुन्छ । कामको शुरुवात भएको नहोस तर भैसक्यो र भैहाल्छ अचम्म छ हाम्रो प्रवृति । भोजपुरीमा उखानै छ नि जंगलमा चराहरुको सल्लाह गर्छन् रे “शिकारी आई जाल बिछाई हमनिके नइखे परेके ”
तर यथार्थमा चराहरु जालमा परिसकेका हुन्छन् तर काम भन्दा आफनो रटान छोड्दैन्न् ।
मध्य शहरमा (काठमाण्डौ बाहेक) हामिलाई लघुशंकाको समस्या परेमा हामिलाई शौचालय बाल छैन् । हामि आफनो व्यवस्था आफै गर्न सक्षम छौ । हामि खोज्छौ कुना काप्चा जहाँ घाँस पहेलिएको होस, त्यो पनि नपाए झन् सजिलो “देँखो सुगर मुतता ” हाम्रो स्थायी मुत्रालय हो भन्ने ठान्छौ । शायद नगर भन्दा पनी गर भन्ने सामाजिक भावनाले यो लेखिएको भान हुन्छ ।
शब्द संयोजनमा पनि यसमा समस्या छ । सु–गर भनेरै लेखेपछि हामि मानव जातिको के दोष । जय सु–गर मानव प्रवृति………….

Loading...

Arun Sah Web Hosting