Latest News from Terai Madhesh

भ्रष्टाचार निवारणको लागि स्पेशल अपरेशन चलाएका छौ–कृष्णहरी पुष्कर

hari krishna pushkar kalaiya baraजिल्ला प्रशासन कार्यालय बारामा अहिले प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णहरी पुष्कर कार्यरत हुनुहुन्छ । भ्रष्टाचार, कुशासन तथा अनियमिततालाई अन्त्य गर्दै जिल्लामा कानुनको कार्यन्वयन गर्न खटिरहने कर्मचारीको रुपमा परिचित हुनुहुन्छ प्रजिअ पुष्कर । सुगा गाविसको वडा नं. ४ मा स्थायी घर भएका पुष्कर बिबिए., एमपिए, एमएपीसिएस सम्मको अध्ययन गर्नुभएको छ । बारामा सिडियोको रुपमा आउँनु अघि छिमेकी जिल्ला मकवानपुरमा सिडियो, धादिङ्गमा सहायक सिडियो, दक्षिण कोरिया स्थित नेपाली दुताबासमा श्रम सहचारी तथा गृहमन्त्रालयको अध्यागमन बिभागमा समेत काम गरिसक्नुभएको छ । कामकै सिलसिलामा अमेरिका, जर्मनी, सुर्जलैण्ड, बेलायत, चीन लगायत बिभिन्न ४५ भन्दा देशमा समेत बिभिन्न अनुभव प्राप्त सिडियो पुष्कर बारामा कानुनी राज्यको प्रत्याभुति दिलाउँन लाग्नुभएको छ । कानुन कार्यन्वयन गर्न लागि परेका सिडियो पुष्करसंग कलैयालाईभ डट कम का समाचार प्रमुख सुभाषप्रसाद साहले लिएको अन्तरबार्ताको सारसंक्षेपः

कलैयालाईभ डट कम : जिल्ला प्रशासन कार्यालय बारा अहिले के गर्दै ?
पुष्करः जिल्ला प्रशासन कार्यालय बारा अहिले शान्ति सुरक्षा, आपराध नियन्त्रण, सार्वजनिक सेवा प्रवाह, विपत व्यवस्थापन, शासकिय सुधार, बिकाश व्यवस्थापन लगायतका योजनामा काम गरिरहेको छ ।

कलैयालाईभ डट कम : सुशासनलाई कायम गर्ने तथा भ्रष्टाचारलाई शुन्यमा झार्ने सरकारको नीति कतिको कार्यन्वयन भईरहेको छ ?

पुष्कर नेपाल सरकारको यो नीति हदै सम्मको कार्यन्वयन भईरहेको छ । तर यो मुद्धाहरुलाई सुचिकरण बनाएर समय सार्नी बनाएर कार्यन्वयन गरिरहेका छौ । यसका लागि दण्डनात्मक तथा सुधारात्मक दुबै प्रकारका उपाय अवलम्बन गरेको छु । खासगरी सार्वजनिक कार्यालयको भ्रष्टाचार, स्थानीय निकायका भ्रष्टाचार तथा बजार क्षेत्रका भ्रष्टाचार एवं गुन्डागर्दीलाई नियन्त्रण एवं कारवाही गर्ने काम भईरहेको छ ।

कलैयालाईभ डट कम : गाविस सचिवहरु अझै किन गाउँमा बसेर काम गरिरहेका छैनन् ?
पुष्कर गाविसका सचिवहरुको संख्या थोरै हुनु र गाविसको संख्या धेरै हुनुले एउटै गाविस सचिवलाई २÷३ वटा गाविसको जिल्लामा दिईएकोले पालै पालो गाविसमै बसेर काम गरिरहेका छन् । गाविस सचिवहरु गाउँमै बसेर काम गरिरहेका छन् । गाविस सचिव गाउँमा बसेर काम गरिरहेका छैनन भन्ने कुराको निबेदन नआएकोले हामीले गाउँमै बसेर सचिवहरु काम गरिरहेका छन भन्ने बुझिरहेका छौ ।

कलैयालाईभ डट कम : शिक्षा कार्यालयमा भ्रष्टाचार तथा अनियमितता बढेको बढया छ नि ?
पुष्कर तपाईको भनाईसंग म पटकै सहमत छैन् । किनभने तपाईले उठाएको कुरा पुरानो हो । बिद्यालयमा नियमित अनुगमण भईरहेको छ । ४०–४२ वटा बिद्यालयको खाता रोक्का, एक सय भन्दा बढी शिक्षक कारवाहीमा परेका छन् । यस क्षेत्रको भ्रष्टाचार निवारणको लागि स्पेशल अपरेशन चलाएका छौ । हामीले ठाउँ ठाउँको बिद्यार्थी, अभिभावक ईत्यादीसंग बुझदा पहिला भन्दा राम्रो भएको जानकारी प्राप्त भएको छ । त्यसैले पहिला भन्दा अहिले राम्रो सुधार भएको मान्नुपर्छ ।

कलैयालाईभ डट कम : जिविस बाराको अवस्था डमाडोल रहेको छ, जिविसको यस्तो अवस्था बनाउँनेलाई के गर्नुभयो ?
पुष्कर जिविस बाराको अवस्था तपाईले भनेकै जस्तै बेथिति र डमाडोल थियो । त्यो इतिहास भईसक्यो र अहिले जिविस बाराको अवस्था सुदृढ उन्मुख र आशा लाग्दो छ । उदाहरण स्वरुप जिविसको आन्तरिक आम्दानी बढेको छ । जिविसका कर्मचारीको समस्टीगत कार्यसम्पादन स्तर उच्च पाईएको छ । समाजिक सुरक्षाको भत्तामा नियमितता भएको एक नगरपालिका र ९८ वटा गाविसको परिषदहरु समयमै प्रभावकारी तरिकाले सम्पन्न भएको छ । जिविस बाराको साधन स्रोतको प्रयोगलाई नियमित र पुर्ण नियमन गरेको स्थानीय स्तरका कर्मचारीहरु गाउँमा बस्ने गरेको जिविस र स्थानीय निकाय बिरुद्धको भ्रष्टाचार तथा अनियमित कार्य बिरुद्धको उजुरीहरु जिल्ला प्रशासन कार्यालयमा घटदो रहेको छ । जिविसमा दलालहरुको बिगबिगि र दण्डहिन्ताको अवस्था नियन्त्रित रहेकोलाई उदाहरण स्वरुप लिन सकिन्छ ।

कलैयालाईभ डट कम : ट्राफिक प्रहरीले गर्ने काम उनीहरुलाई नै गर्न निर्देशन दिनुको साटो ट्राफिक प्रहरीले गर्ने काम समय समयमा तपाई आफै किन गर्नुहुन्छ ?

पुष्कर प्रमुख जिल्ला अधिकारीको तीन प्रकारका कार्यशैली हुन्छ । १. प्ररम्पराबादी र पुरातनबादी शैली २. आधुनिक शैली र ३. समसामयिक शैली । प्ररम्पराबादी र पुरातनबादी शैली भएकाले खाली अरुलाई आदेश दिएर लगाउँने, निर्देशन मात्र दिएर जिम्मेवारी पुरा हुन्छ भनेर बुझछन् । उसले नतिजाको बारेमा प्रभाह गर्दैनन । दोस्रो जुन आधुनिक शैलीकोले आफु पनि काम गर्छन र मातहातकालाई पनि काम गर्न लगाउँछन् । र तेस्रो समसामयिक शैली हो यसमा म पर्छु । यो शैलीको मान्छेले आवश्यक्ताको सिद्धान्त बमोजिम प्ररम्पराबादी र आधुनिक दुबै शैलीका गुणहरुलाई मिश्रण गरेर काम गर्छन् । र काम गरेको नतिजालाई गरेर हुदैन गरेको अनुभुति दिलाउँने गरी मान्यता राख्दछ । खास गरेर बारा जिल्लामा नेपाल सरकारको सर्वोच्च पदाधिकारी प्रमुख जिल्ला अधिकारी रहेकोले ट्राफिकको काम मात्र होईन सबै सरकारी तथा सार्वजनिक काम कारवाही सम्पादनमा सहयोग, समन्वय तथा सम्भव भएसम्म प्रत्यक्ष संलग्न हुनु मेरो कानुनी तथा पेशागत जिम्मेवारी उतरदायित्व र धर्म हो । नेपालका बिभिन्न कानुनहरुले पनि यातायात तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारी प्रजिअलाई प्रत्यक्ष रुपमा तोकेको छ । साथै सुरक्षित ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा व्यवस्थापनको एउटा मुख्य आयाम रहेकोले यसमा प्रजिअको रुपमा म प्रत्यक्ष रुपमा सहभागि हुनु स्वभाविक हो ।

कलैयालाईभ डट कम : बन मास्ने, चुरेक्षेत्रमा क्रसर उधोग चलाउँनेलाई किन कारवाही गर्नुहुन् ?
पुष्कर बन क्षेत्रमा अनियमित रुपमा रहेका क्रसर उधोग तथा तिनका कामकारवाहीलाई कानुन बमोजिम कारवाही गर्नको लागि मैले श्रीमान मुख्य सचिव ज्यु, श्रीमान गृह सचिव ज्युलाई लिखित तथा मौखिक रुपमा पटक पटक पठाएको भनेको अवस्था छ । तथापी सम्मानित अदालत र नेपाल सरकार नीतिगत विबादहरु रहेकोले केन्द्रबाट समाधान हुनुपर्ने बिषय समयमा हुन नसकेकोले यस सम्बन्धमा स्थानीय स्तरमा सरकारी निकायका बीच द्धन्द्धको अवस्था छ । स्थानीय स्तरमा अनियमित क्रसर उधोग र यिनिहरुका गैर कानुनी क्रियाकलाप रोक्नको लागि जिविस, वन कार्यालय, आरक्ष कार्यालय, घरेलु तथा सुरक्षा निकायका अङ्गहरु पनि परिचालन भएको छ । र बिगतको तुलनामा सुधार उन्मुख छ । तथापी जब सम्म स्थानीय बिकाश मन्त्रालय र बन मन्त्रालय बीचको नीतिगत र कार्यगत बिबाद समाधान हुदैन तब सम्म प्रजिअले चाहेर पनि केन्द्रीय नीति बनाउँन वा यसको छुटै स्थानीय नीति बनाई कार्यन्वयन गर्ने अवस्था रहदैन् ।

कलैयालाईभ डट कम : बाराको पर्यटकीय स्थलको बिकाशको लागि बिगतको दिनमा आएको बजेटमा भ्रष्टाचार भएको भए पनि भ्रष्टाचार गर्नेलाई कारवाही किन गरिदैन ?
पुष्कर बारा जिल्लाको पर्यटन बिकाशको लागि बिगतमा आउका बजेटहरु भ्रष्टाचार भएको सन्दर्भमा सो पुष्टी हुने गरी हाल सम्म कागज प्रमाण फेला पार्न सकिएको अवस्था छैन् । तथापी अनुसन्धान कार्य जारी रहेकोले पछि ठहरे बमोजिम हुने गरी कारवाहीको व्यवस्था मिलाएको छु । र बारा जिल्लाको पर्यटन बिकाशको लागि नीन चरणमा खास गरेर स्थनीय स्तरको गाउँ सुरक्षा संजाल, जिल्ला स्तरमा सबै सरकारी तथा गैरसरकारी निकायहरु र केन्द्रमा पर्यटनसंग सम्बन्धी सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय गरी यस जिल्लाको पर्यटन बिकाशमा योगदान पुर्याउँने प्रयासको थालनी गरेको छु ।

कलैयालाईभ डट कम : काठमाडौं – तराईमधेस फास्ट ट्याक तथा बारामा बनाउँने भनिएको अन्तर्राष्ट्रिय बिमान स्थल कार्य कहाँ सम्म पुगेको छ ?

पुष्कर काठमाडौं देखी बारा सम्म जोडिने फास्ट ट्याकको प्राविधिक कागजि काम तथा साधनस्रोत जुटाउने कार्यहरु करिब करिब अन्तिम चरणमा पुगेको छ । साथै बारामा बनाउँन भनिएको अन्तर्राष्ट्रिय बिमान स्थलको सरोकारवाला निकायहरु नेपालको बिधमान संक्रमणकालीन अवस्थाले गर्दा होला निदाईरहेको बुझनमा आएको छ । तथापी स्थानीय प्रशासनले आफ्नो स्तरबाट वहाँहरुलाई बिउझाई तुरुन्त कार्य सञ्चालन सुचारु गर्न गराउँन म लागि परेको अवस्था छ । यस सन्दर्भमा बार्ता छलफल र लेखापढीका प्रयासहरु गरिरहेको छु ।

कलैयालाईभ डट कम : अन्त्य अन्त्यमा तपाई यस वेभसाईट मार्फत आम पाठक तथा नेपालीलाई के संदेश दिन चाहनुहुन्छ ?
पुष्कर सर्वप्रथम म यस बारा जिल्लाको प्रजिअ भएर आए पश्चात हालसम्म यहाँका नागरिकहरु, राजनीतिक दल, उधोगी व्यापारीहरु, युवा बिद्यार्थी, पत्रकार लगायत सम्पुर्ण बर्गले मलाई दिनुभएको माया, ममता र सहयोगप्रति सादर धन्याबाद र आभार प्रकट गर्न चाहन्छु । मेरो नजरमा यो बारा जिल्ला र यहाँका बासिन्दाहरु सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका स्रोत साधनमा अत्यन्त धनी रहेकोले अगामी दिनहरुमा पनि बारा जिल्लाको यो गहनाहरुलाई जर्गेना गर्न अनुरोध गर्दछु । यस जिल्लाका राजनीतिक दल, युवाबिद्यार्थी, पत्रकारले बिशेषगरेर स्थानीय प्रशासनलाई गरेको सहयोगको उच्च मुल्यांकन गर्दै नेपाल सरकारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्याबाद दिदै वहाँहरुको माया र सदभावको जिवनभरी अपेक्षा गर्दछु । धन्याबाद ।।।

Loading...

Arun Sah Web Hosting