Latest News from Terai Madhesh

मधेस आन्दोलन बितेको ६ बर्ष (आर्टिकल)

सुभाषप्रसाद साह

subhashपहिचन, सम्मान तथा अधिकारको लागि मधेस आन्दोलन भएको ६ बर्ष भईसकेको छ । बि.सं. २०६२ सालको माघमा मधेस आन्दोलन भएको थियो । मधेस आन्दोलनबाट मधेस र मधेसीले के पाए ? मधेस आन्दोलनको उपलब्धि के भयो ? मधेस आन्दोलनबाट प्राप्त उपलब्धि मधेसीले कतिको सदुपयोग गर्न पाएका छन् ? मधेस आन्दोलन बितेको ६ बर्ष पछि मधेस आन्दोलनका अगुवा के गर्दै छन् ? यतिबेला मधेस आन्दोलन मुल्यांकनको बिषय बनेको छ ।
सशस्त्र जनयुद्धमा रहेको हालको एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओबादीले १२ बुन्दे सहिमति गरी शान्तिपुर्ण राजनीतिकमा आयो । दोस्रो जनआन्दोलनबाट नेपाली काँग्रेस र नेकपा एमालेसंगै एमाओबादी सत्तामा आए । संबिधान सभाको चुनावमार्फत नयाँ संबिधान बनाउँने एक किसिमको राजनीतिक सहमति भए पश्चात मधेसी जनअधिकार फोरम नेपालले अन्तरिम संबिधान जलायो । किन भने त्यस अन्तरिम संबिधानमा मधेस र मधेसीको बारेमा मौन राखिएको थियो । मधेसीको हकअधिकार, पहिचान, प्रथम मधेस आन्दोलनका शहिद रमेश महतो, संघियता लगायतको बारेमा उल्लेख गरिएको थिएन् । फलरुवरुप मधेस आन्दोलन भयो ।
माओबादी र एमालेले नेपाललाई गणतन्त्र बनाउँने कार्यलाई पुरा गर्न लागेका थिए । काँग्रेस नचाहदा नचाहदै गणतन्त्रलाई स्वीकार्न बाध्य भएको हो । तर मधेस आन्दोलनले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गराएको हो । मधेस आन्दोलनले नै समानुपातिक निर्वाचन प्रणालिमा लैजाने मुख्य उर्जा दिएको हो । संघियता, समानुपातिक निर्वाचन प्रणालि हुनुपर्ने मधेसको मागमा अन्य राजनीतिक दलले सहमति मात्र जनाएका हुन् । यसलाई पुरा गर्नमा मधेस आन्दोलनकै मुख्य भुमिका रहेको छ । मधेस आन्दोलन पछि नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र बन्यो । संबिधानसभाको निर्वाचन भयो । तर संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगरिकन नै मध्य रातमा एमाओबादीका उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईबाट संबिधान सभाको हत्या गर्ने काम भयो । जननिर्वाचित एक मात्र संस्थाको रुपमा रहेको संबिधानसभा जसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सक्थ्यो त्यसै संबिधान सभाको मध्यरातमा शाहि शैलिमा हत्या गर्ने काम गरेर एकतन्त्रीय शासन व्यवस्थालाई कायम राख्ने काम भएको छ । एमाओबादीको यो कुकार्यमा संयुक्त मधेसी मोर्चा पनि सामिल रहेको छ । यसबाट सम्पुर्ण नेपालीले दुख त पाएकै छन् तर सबभन्दा बढी यसबाट मधेस र मधेसीलाई नै घाटा व्यहोर्नु परेको छ ।

५२ जना मधेसीको योग्दानबाट प्राप्त संघियता अहिले संकटमा परेको छ । यसले गर्दा मधेस र मधेसीहरु ६ बर्ष फेरी पछाडी परेका छन् । मधेस र मधेसीको पहिचान, सम्मान तथा हकअधिकारको लागि भएको मधेस आन्दोलनबाट प्राप्त उपलब्धीलाई मधेसबादी राजनीतिक दलले संरक्षण गर्न सकेनन् । अहिले मधेसबादी राजनीतिक दलको लागि यो चुनौति बनेको छ । बाबुराम भट्टराईले गरेको कुकार्यमा मधेशबादी राजनीतिक दल पनि सहभागि भएर मधेस र मधेसीको ईज्जतसंग खेलवाड गरेका छन् । समयमै सचेत भएर मधेसबादी दलले मधेस र मधेसीको बिकाशको लागि मधेस आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न लाग्नु आवश्यक रहेको छ ।
मधेस आन्दोलन भएको ६ बर्ष बितिसकेको छ । मधेस आन्दोलन पश्चात मधेस आन्दोलनकै बरदान हो गणतन्त्र नेपालको पहिलो राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा मधेसी समुदायका आउँन सफल भएका हुन् । यस्तै बिभिन्न क्षेत्रको दरबन्दीमा मधेसीले आरक्षण कोटा पाए । राज्यको सेवासुबिधाबाट पछाडी पारिएका मधेसीहरु राज्यको सेवासुबिधा उपभोग गर्न पाएका छन् । नेपालमा मधेस र मधेसी छन भन्ने पहिचान तथा बिदेशमा चिनाउँने काम पनि भयो । मधेसी नागरिकमा राजनीतिक चेतनाको बिकाश भयो । अन्य गैरमधेसी राजनीतिक दलमा सामेल रहेका नेताहरुले पनि बिभिन्न अवसर प्राप्त गर्न सफल भईरहेका छन् । मधेस आन्दोलनकै सफलताको कारण संघिययतामा जाने राजनीतिक दलका नेताहरु सहमति भएका हुन् । जसलाई पुरा गर्न मधेसबादीको योग्दानको अझै आवश्यक्ता रहेको छ । यि सपलता मधेस आन्दोलनको कारण भएको हो ।
मधेस आन्दोलनको उपलब्धीसंगै मधेसमा बिकृती पनि आएको छ । जसलाई मधेसबादी राजनीतिक दलले समाधान गर्न सक्नुपर्छ । मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी गरी तीन दलबाट अहिले पदको लोभ र आर्थिक लाभ लिने कारणले मधेसमा राजनीतिक दलहरु फुटेर एक दर्जन भन्दा बढी भएका छन् । आर्थिक तथा अध्यक्ष बन्ने लोभमा परेर मन्त्री बन्नको लागि पार्टी नै फोरेर अलग राजनीतिक दल गठ्न गर्ने काम नदीमा बाढी आए जस्तै भयो । मधेस र मधेसीको बिकाश गर्नु भन्दा पनि मधेसी नेताहरु नचाहदा नचाहदै आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि लागि परेका छन् । मन्त्री बन्नको लागि बिभिन्न मोर्चा र पार्टीमा बिभाजित भएका मधेसी नेताहरु मधेसको नाममा भजाएर खाने काम बढी गरेका छन् । यति बेला मधेस आन्दोलन गर्ने मसिहाहरु जातिबाद, नाताबाद, कृपाबादमा लागेका कारण मधेस आन्दोलन पछि मधेसको नाममा उदय भएका मधेसी मसिहाहरु पनि मधेसको कल्याण गर्नुभन्दा पनि आफ्नो बिकाश, परिवारको बिस्तारमा लागेका छन् । मधेसको मुक्तिको लागि योग्दान गरेका मधेसी शहिदहरुको योग्दानलाई बिर्सेर मन्त्री कसरी बन्ने र पैसा कसरी कमाउँने मधेसी नेताहरुको कारण आम मधेसीले मधेसको बिकाश हुने देखेको सपना सपनामै सीमित भएको छ । यहाँ सम्म की पैसाको लागि कतिपय सभासदले आफ्नो रातो राहदानी समेत दुरुपयोग गर्नबाट पछाडी परेनन् ।

मधेसको बिकाश हुन्छ भन्ने सपना देखेका मधेसीको सपना सकार पार्न मधेसबादी राजनीतिक दलको बीचमा चलेको एकिकरणको प्रयास सफल होस् । मधेसबादी राजनीतिक दलको बीचमा एकिकरण हुन्छ भन्ने हल्ला हल्लामै सीमित नहोस् । सधै फुटिरहने मधेसबादी राजनीतिक दलहरु एकिकरण गरेर अगाडी बढेमा मधेसको बिकाश गर्न कसैले रोक्न सक्दैन् । मधेसमा बन्द रहेको उधोग, कलकरखाना खोल्ने काम नयाँ उधोग स्थापना गर्ने प्रयास, पर्यटकीय स्थलको बिकाश बिस्तार, गुणस्तरीय शिक्षाको व्यवस्था भयो भने मधेसको बिकास हुन्छ । मधेसबाट बिदेशमा पालायन भईरहेका युवाहरुलाई मधेसमै काम गर्ने व्यवस्थाको व्यवस्थापन गर्नु पर्छ । साथै संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी राज्यलाई निकास दिनको लागि मधेसबादी राजनीतिक दलको योग्दान एवं भुमिका महत्वपुर्ण भएकोले सोको लागि मधेसबादी राजनीतिक दल सक्रिय रुपमा व्यक्तिगत स्वार्थ त्यागी राज्यको स्वार्थको लागि काम गर्नु आवश्यक्ता रहेको छ । यसैबाट मधेसका साथै सबैको कल्याण हुन्छ । आम मधेसीले चाहेको कुरा पनि यही हो । गढीमाईले यिनीहरुलाई सदबुद्धि दिउँन हाम्रो अनुरोध छ ।लेखक प्रेस चौतारी नेपाल बाराका अध्यक्ष हुन् ।

Loading...

Arun Sah Web Hosting