Latest News from Terai Madhesh

चाडपर्वमा व्यवसायीता र उपभोक्ता हकहित

विवेक कौशिक

नेपालीहरुको महान पर्व दशै, तिहार, बकरइद तथा छठ हाम्रो घरआगनमा आईसकेको छ । हामि हाम्रो पर्वमा कुनै किसिमको कमिको महसुस पनि गर्न चाहन्छौ । लत्ता कपडा, सजावटका सामान तथा खानपिनको सामानको व्यवस्थामा कुनै समझौतावादी हुदैनौ । हाम्रो किनमेलमा ध्यान पुर्याउनु सबै भन्दा जरुरी किनमेल मध्ये पनि खानपानको सामानका विषेश ध्यान पुर्याउन जरुरी छ । खानपानमा हाम्रो पैसा मात्र होइन कि हाम्रो स्वास्थ्यस्रग पनि सरोकार राख्ने विषय रहन्छ ।

नजिकिदो चाडपर्वहरु संगसंगै उपभोक्ताहरुको उपभोग्य बस्तुमा बढोत्तरि तथा चाडपर्व विषेशको सामान ताथ बस्तुहरुको किनमेलमा पनि चढाव आउने गर्दछ । चाडपर्व संगसंगै उपभोग्य बस्तुको वृद्धि हुने मौकाको प्रतिक्षामा व्यवपारिहरु रहेका हुन्छन् । बस्तु बिक्रिको प्रतिक्षामा रहनु नराम्रो होइन तर अत्याधिक मात्रामा हुने खरिद प्रक्रियाको बिचमा व्यवपारिवर्ग उपभोक्त संग अतिरिक्त नाफा, गोदामका पुराना बस्तु र कमसल बस्तुको बिक्रि गर्नको लागि तम्तयार भएका बसेका हुन्छन् । दैनिक उपभोग्य बस्तुहरुमा मिसवट, खाद्यान्न बस्तुहरुलाई आर्कषक बनाउन अखाद्य प्रदार्थहरुको प्रयोग, पुरानो स्टोकको सामान बिक्रि तथा नाप तौलमा गडवढि जस्ता कुरामा ग्राहकवर्ग ठगिने गरेका छन् ।
विषेश दिनहरु बाँहेक ग्राहकहरु ठगिई रहेका नै छन् तर चाडपर्वको अवसरमा व्यवपारिअरु चिलले चल्ला टिपे झै ग्राहकलाई गुणस्तरहिन बस्तु बिक्रिको लागि प्रतिक्षा गरेर बसेका हुन्छन् ।
व्यवसायीवर्गको ठगिको चर्तिकलाको नमुनाको रुपमा चाडपर्वको भिडभाडको मौकाको फाईदा उठाउदै बाख्राको मासु खसिको मासुको मोलमा बेच्ने, फर्ममा मरेको कुखुरालाई बेच्ने, मसलाहरुलाई आर्कषक बनाउन रङ्गको प्रयोग गर्ने,नाँप तौलमा कमि तथा मिति गुज्रेका सामानहरुलाई विक्रिको प्रयास गर्ने, मिठाईहरुमा अखाध बस्तुको प्रयोग गर्ने प्रवृतिलाई लिन सकिन्छ ।यसरी देशै भरी व्यापकरुपमा सर्वसाधारणको खल्ति पनि रित्तयाउनुको साथै रोग पनि बेच्ने काम भइरहेको छ ।
यस सन्दर्भमा बारा जिल्ला पनि अछुतो रहेको छैन तर बाजार अनुगमन भन्ने कुन चराको नाम हो नत आम उपभोक्तलाई यसको ज्ञान छ नत व्यवसायिलाई थाहा छ । किराना पसलहरुमा मुल्य सुचि छैन, बजार अनुगमनको व्यवस्था छैन,यहाँ सम्म कि बजार सरसफाई पनि सरोकारवालाहरुले कन्जुस्याई गरिरहेको भान हुन्छ । यस सम्बन्धमा बारा उधोग वाणिज्य संघले आफना व्यवसायिहरुलाई उपभोक्तालाई पायकपर्ने व्यवसायिक व्यवस्था व्यवसायीसंग गर्न लगाउनेर्,, बजार व्यवस्थित गर्ने सम्बन्धमा पहलकदमि गर्न जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि खाद्य अनुसन्धान अधिकृतलाई बजारमा अखाद्य बस्तुको प्रयोग, मिसावट तथा नाप तौल सम्बन्धमा बजार निरिक्षण गर्ने काम गर्न जरुरी छ । साथै उपभोक्त हकहित संरक्षण मञ्चले पनि ग्राहकवर्गको हितको लागि स्थानिय निकायहरुलाई दबाब दिन जरुरी छ । चाडपर्वको समयमा यसरी ग्राहकवर्ग ठगिने प्रवृति निरुस्साहित गर्नको लागि स्थानिय स्तरमा ग्राहकलाई उनिहरुको हकहित प्रति सचेत गराउने जनचेतनामुलक कार्यक्रम र व्यवपारीहरुलाई ग्राहकहरलाई ठगि गरेको पाए कारवाहि गरिने भन्ने किसिमको सुचना प्रकासित गरे ग्राहकवर्ग कम ठगिने थिए कि ।

Loading...

Arun Sah Web Hosting