Latest News from Terai Madhesh

शिक्षक संघबाट राजीनामा

संजय तिवारी
बारा, साउन, ०५

नेपाल शिक्षक संघ बाराका सचिव सुरेश शर्माले आपनो पदबाट राजीनामा दीई राष्ट्रीय मधेश समाजवादि पार्टी निकट शुभेच्छुक संस्था समाजवादी शिक्षक युनियन बारामा प्रवेश गरेका छन् ।
नेपाल शिक्षक संघ बाराको जिल्ला सचिव पदमा विगत १८ वर्षदेखि कार्य गर्दै आएकोमा हालको अवस्थामा यस संघले शिक्षकहरुको हक अधिकारका लागि उचित कार्य नगरेको तथा भविष्यमा पनि संघले विधान बमोजिमको क्रियाकलाप गर्ने अवस्था नदेखिएकोले वर्तमान अवस्थामा पनि सोही स्थानमा बसिरहने औचित्य नभएकोले आजदेखि नेपाल शिक्षक संघ बाराको सचिव पद तथा साधारण सदस्य समेत नरहने गरि आफुले राजिनामा दिएको शर्मा द्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
संघमा राजिनामा दिई समाजवादी शिक्षक युनियनमा प्रवेश गरेका शर्मालाई पार्टीले सो युनियनको जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।

Loading...

Arun Sah Web Hosting