Latest News from Terai Madhesh

नेपालको शिक्षा प्रणालि अवैज्ञानिक र बेरोजगार उत्पादन प्रयोगशाला कै रुपमा रहेको छ –नन्दन कुमार साह

पिता लाल बहादुर साह र माता जगिया देवीको कान्छो पुत्रको रुपमा वि.स.२०३६ सालमा जन्मलिएका नन्दन कुमार साह कलैयामै जन्मभुमि र आफ्नो बाल्यकाल बिताउनु भएको हो । अर्थशास्त्रमा स्नानोत्तर साह आफनो कर्मभुर्मि पनि कलैया नै बनाएका छन् । २०६२ साल देखि कलैयाको राम राजा (मो.वि.शा.) बहुमुखि क्याम्पसमा अध्यापन गर्दै आईरहन ुभएकोमा २०६८ साल देखिन क्याम्पस प्रमुखको जिम्मेवारी पनि बहन गर्दै आईरहनु भएको छ । शिक्षा क्षेत्र प्रति लगाव राख्ने साहसंग कलैया लाई डट कमका अरुण कुमार साहले लिनुभएको अन्र्तर्वाताको सारसंक्षेप प्रस्तुत गरेका छौ ।

१. शिक्षा भनेको के हो ?
– मानव सभ्यताको बिकास संगसंगै शिक्षाको बिकास भएको पाईन्छ । प्रत्येब बालक अबोध शिशुको रुपमा असाहय अवस्थामा यस पृथ्विमा जन्म लिएको हुन्छ त्यसलाई असल मार्गदर्शन देखाउने काम शिक्षाले गर्दछ । शिक्षा भनेको कुनै पनी ब्यक्तिमा भएको अन्तनिधी क्षमताको बिकास गर्नु हो भनिन्छ “Plants are developed by cultivation and men by education”

२. बर्तमान अवस्थामा बारा जिल्लामा शिक्षाको अवस्था कस्तो रहेको छ ?
बारा जिल्लाकै परिपेक्षमा हेर्ने हो भने कुनै दिन यहाँ १०० जना पनि पढ्ने
छात्र छात्रा थिएनन् भने आज प्रा.वि देखि क्याम्पस सम्म पढ्ने छात्र छात्राहरुको संख्या लगभग ५०००० भन्दा कम देखिदैनन् । मा.वि., उच्च मा.वि.हरुको सख्या बढोत्तरी भएको छ । कुनै बेला १०० विधार्थीहरु लिएर पठन पाठन शुरु गरेको राम राजा क्याम्पस वर्तमान अवस्थामा १७०० जना विधार्थीहरु रहेको छ । सामान्य रुपमा हेर्दा यस जिल्लाको शैक्षिक गतिविधि विकासोन्मुख देखिएता पनि सन्तोषजनक मान्न सकिदैन । यसरी संख्यातमक रुपमा शिक्षाको बिकाश भएको देखिएता पनि गुणत्मक बिकास त्यो अनुपातमा हुन नसककेको हो । राजनैतिक हस्तक्षेप, अवैज्ञानिक शिक्षा निति, कर्मचारी भ्रष्ट्राचार, नातावाद, कृपावाद जस्ता कुराले शैक्षिक क्षेत्र र स्तर धमिलिएको हो ।

३. शिक्षित बेरोजगार बढ्नुको कारण के होला ?
आज हामि २१औ शताब्दिमा भएता पनि नेपालको शिक्षा प्रणालि अवैज्ञानिक र बरोजगार उत्पादन प्रयोगशाला कै रुपमा रहेको छ ।
अर्को कुरा कम्तिमा शिक्षा क्षेत्रलाई राजनितिक हस्तक्षेत्रबाट टाढै राख्न जरुरी छ । आजको आवश्यक्ता भनेका प्राविधिक शिक्षा हो र शैक्षिक नितिमा निमार्णमा राजनैतिक हस्तक्षेप र दुरदर्शिता भएको कारणले नेपाली शिक्षा बेरोजगार उत्पादन कारखाना भएको हो तसर्थ माध्यमिक तह देखि नै प्राविधिक शिक्षाको ज्ञान अबको आवश्यक्ता हो ।

४. रामराजा क्याम्पसमा बिधार्थीको संख्या उल्लेखनिय रुपमा बढेतापनी गुणस्तर नबढ्नुको कारण के होला ?
विधार्थी संख्यामा बढोत्तरी तथा गुणस्तरीय शिक्षा दुवै एक अर्काका पुरक हुन् । यसरी हेर्दा राम राजा क्याम्पसको गुणस्तरिय शिक्षाले गर्दा नै विधार्थीहरुको संख्यामा वृद्धि भएको हो । कमि कमजोरी भएको कहाँ नहोला । हामिमा पनि होलान् जसलाई समयक्रम संगै कम गर्दै जानेछौ ।

५. रामराजा क्याम्पसका अधिंकाश शिक्षकहरुले राजनिती कर्मि तथा शिक्षकको दोहोरो भुमिका खेलेको पाईन्छ ? यसले कस्तो शिक्षाको बिकास हुन्छ जस्तो लाग्छ ?
– वर्तमान अवस्थामा कुनै पनि व्यक्ति वा निकाय राजनितिक बाट देखिदैन ।
रामराजा क्याम्पसको सन्दर्भमा शिक्षकहरु राजनितिमा लागेको भएतापनि क्याम्पस प्रवेश पश्चात शिक्षकहरु शिक्षककै भुमिका देखिन्छ र आज सम्म क्याम्पस भित्र वा बाहिरबाट राजनितिक

हस्तक्षेपको सामना गनुपरेको छैन । यसैको कारण यस क्याम्पसमा कुनै पनि राजनितिक दलहरुको विधार्थी संगठनहरुका कमिटि छैनन् ।
६. बारा जिल्लाको उत्तरी भेगभन्दा दक्षिणि भेगको शिक्षाको गुणस्तर खस्किदै जानुको कारण के होला ?
– बारा जिल्लाको उत्तरी भेगभन्दा दक्षिणि भेगको शिक्षाको गुणस्तर खस्किदै जानुको कारणको दोषि यो क्षेत्रका अभिभावक, शैक्षिक संस्था र राजनितिक दलहरु हुन् । यो क्षेत्रको अभिभावकहरु सम्पुर्ण शैक्षिक अवस्थाको बिकास भन्दा पनि आफना बालबच्चाको बिकासमा मात्र ध्यान दिन्छन् । शैक्षिक संस्थाहरु पनि सामाजिक उत्तरदायी हुनु भन्दा पनि विशुद्ध नाफामुखि भएर संचालित भएर बसेका छन् र राजनितिकर्मिहरु पनि जिल्लाको शिक्षा क्षेत्र बाहेकका सम्पुण क्षेत्रमा रुचि राख्छन् तर शिक्षा क्षेत्रमा उचित हेरविचार नपुगेर पनि यस्तो भएको हो जस्तो लाग्छ ।

७. कलैयाका अधिंकाश बिधार्थी कलैया नपढेर छिमेकि जिल्लामा जान्छन् र बाहिरका बिधार्थीहरु कलैया आउन चाहदैनन्, यस्तो अवस्थामा रामराजा क्याम्पसले कसरी राम्रो गरीरहेको छ भन्ने कुरा बिश्वास गर्ने ?


– भोजपुरीमा एउटा उखान छ कि “ घर के मुर्गि दाल बराबर त्यही अवस्था कलैयाको शैक्षिक संस्थाहरुको छ । कलैयामा पनि राम्रो शैक्षिक गुणस्तर र वातावरण रहेको छ यसमा अभिभावकहरुले शंका गर्नुपर्ने कारण छैन् । स्कुले शिक्षामा हुने कडि कडाउ पश्चात विधार्थीहरु केहि स्वतन्त्रता खोजिरहेका हुन्छन् त्यो कलैयामा नै पढेर सम्भव हुदैन तर कलैया बाहिर उनिहरु त्यो स्वतन्त्रता महसुस गर्छन् यो पनि एउटा प्रमुख कारण रहेको छ । पछिल्ला दिनहरुमा गाँउ गाँउमा उच्च मा.वि.हरुको संख्यामा बढोत्तरी भएको ले कलैया बाहिरबाट कलैया पढ्न आउनेको संख्यामा केहि कमि भएको हो । वर्तमान अवस्थामा कलैया बाहिर पढ्न जाने विधार्थीको संख्यामा पनि कमि भएको छ ।
८. बर्तमान राजनितीक अवस्थालाई कसरी हेर्नु भएको छ ?


वर्तमान समयमा देश राजनितिक संक्रमणकालिन अवस्थामा रहेको छ । एकातिर संविधान सभाको विघटन हुनु, राजनितक दलहरु बिच सहमतिको वातावरण बन्न नसक्नु, विभिन्न किसिमले राजनितिक स्थायित्व नभएको अवस्थामा देशको आर्थिक, सामाजिक, शैक्षिक र सम्पुण गतिविधि खलबलिएर देश कठिन अवस्थामा आईपुगेको छ । वर्तमान संक्रमणकालिन अवस्थालाई चाँडै समाधान गर्न जरुरी छ ।

९. अन्त्यमा के भन्न चाहनु हुन्छ ?
– सर्वप्रथम पत्रिका प्रकाशनको लागि यस कलैया लाईभ डट कमलाई बधाई र प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै मलाई आफनो विचार राख्न दिनु भएकोमा धन्यवाद तथा स्वच्छ पत्रकारिता, निमुखाको आवाज र युवाकाहरुको विषयलार्ई प्राथमिता दिनुहोला भन्ने आशा राखेको छु ।

Loading...

Arun Sah Web Hosting