हाँस्य ब्यङ्ग

नेताजीको अन्तर्वार्ता ……………………………………..

नेता जीको अन्र्तवाता
नेता जी, नमस्कार…
नेता जी, नमस्कार…
नेता जी, नमस्कार…

तेस्रो पटक पछिको अभिवादन पश्चात नेताजी निन्द्राबाट ब्युझिए झै टाउकोले मुन्तिर देखाउदै आखाँको माध्यमले नमस्कार फर्काए । यस्तो प्रकृतिको नमस्कार वहाँको ट्रेडमार्क नै भैसकेको थियो ।
सांसद पनि भईसकेका, पार्टिको जिल्ला प्रमुख,केन्द्रिय सदस्य पनि भईसकेका हुन् । यथासम्भव पार्टिको सबै कमिटिमा पुगिसकेका थिए । वहाँ यस पटक संविधान सभाको निर्वाचनमा पराजित भएका थिए तर जिल्लामा वहाँको प्रभावमा आज पनि कमि भएको होइन । वहाँ लाई नेता जी भन्दा पनि माननिय भन्दा मनपर्ने मलाई थाहाँ नभएको होईन तर पनि पहिलो पटकमा प्वाक्क नेता जी निस्केकोमा मलाई पनि थकथकि लागेको थियो ।
यस्तो नमस्कार मेरो रहर होइकि बाध्यता थियो । साप्ताहिक पत्रिका¬ (जस्को म बेतलबि संवाददाता थिए )कोे लागि मलाई नेता जी अर्थात माननीय जी को अन्र्तवाता चाहिएको थियो ।

नमस्कार आदान प्रदान पश्चात मेरो उपस्थितिको कारण मैले बताउनु पदैन होला भन्ठाने थिए किनकि हिजो बेलुकि नै मैले फोनमा अन्र्तवाताको लागि समय लिईसकेको थिए बिहान ९ बजे चोकको चर्चित पान दोकानमा
तर मेरो अनुमान विपरित माननिय जी को मुखाकृति अनौठो हुदैँ मुखको पानको रस पिच्च गर्दै छेवैको सेतो भित्तालाई रातो पार्दै असजिलो तवरले मलाई सोधे “ अरे बस्नेत के छ तेरो हालचाल, अनि केहि भन्नु छ कि पतरकार ” भन्दै मुस्काए ।

( यस्तो ठाडो भाषा पनि माननिय जीको ट्रेडमार्क नै थियो ।¬ )
अ.. माननिय ज्यु (चाप्लुसि गर्दै) हिजो बेलुका मैले अन्र्तवाताको लागि भनेको थिए नी
ए, हो त मैले बिर्सिए, ठिकै छ म एउटा एनजिओको मानव अधिकारको कार्यक्रमको लागि निस्केको म त्यहाँ पुगेर आउछु भने अनि भने ए राम अवतर ( वहाँको स्वधोषित पिए ) जो नेता जी को लागि अरु पोका पारिएको पानलाई मिलाउदै थियो । यो पतरकारलाई मिटिङ्ग रुममा लगेर राख म त्यहाँ कार्यक्रममा गएर आउछु ।

“एनजिओ अहिलेको चल्तिको व्यवपार मैले मनमनै” भने
ए पत्रकार जी चल हो भन्दै रामअवतर आफु अघि बढ्दै मलाई भेडो झै पछि हिडाए ।

नेता जीको अफिस रुम जहाँ भित्तामा दुई थान वहाँको पार्टिका दिवंगत नेताको तस्विर, पार्टिको घोषण पत्र र घडि टाँगिएको थियो जसमा १० बज्दै थियो भने नेता जीको लागि घुम्ने मेच, आगन्तुकको लागि सोफा र बिचमा टि–टेबलको व्यवस्था गरिएको थियो ।
पत्रकार जी चिया पियल जाई , कोठाको मनमनै विश्लेषण गर्दै गरेको म झस्किए ।

ह. चिया, पियल जाई……
१० मिनेट पश्चात करिब १२–१३ वर्षको केटोले ट्रे मा चिया लिएर आयो ।
चिया पश्चात कोठामै रहेको पत्रिकाहरु पढ्दै घडि हेरेको ११ बजि सकेछ ।
कोठा बाहिर निस्किएर त्यो केटोलाई रामअवतार खै भनि सोधेको उ त नेता जीको कार्यक्रममा गैसकेको भन्यो ।

अब भयो धुम्म एक्लै बस्नु पर्यो । घडि हेरियो १२ बजिसकेछ, त्यहि क्रममा नेता जी लाई फोन गरेको फोन लाग्यो तर उठेन ।

घडिको समयले १ नाघि सकेको थियो नेता जी आईपुगे आफनो कोठामा गए फ्रेस भए र आएर घुम्ने मेचमा बसे र भने अरे ढिलो भएछ कि कसो बस्नेत भने मैले मुखमा कृत्रिमा हाँसोले होइन भने । म टेप रेर्कडर झिक्दै थिए कि नेता जी बोले ए बस्नेत अन्र्तवाता भोलि लिए हुदैन मेरो अहिले पार्टिको बैठक छ बैठकमा जानु पर्छ ।
मेरो न्याउनरो मुखमा फेरी कृत्रिम हाँसो ल्याउदै हुन्छ भने र नमस्कार गरे
नेता जी टाउकोले मुन्तिर देखाउदै आखाँको माध्यमले आफनो ट्रेडमार्क नमस्कार गरे ………….

Back to top button
Close