Latest News from Terai Madhesh

रातो किराको प्रकोपले आपको उत्पादनमा कमी हुने

सुभाषप्रसाद साह
बारा, ११ जेठ

रातो रंगको नया किराले आपको फलमा प्वाल पारी नष्ट गरिदिने हुनाले बारामा यसबर्ष आपको उत्पादनमा कमी हुने कृषि विकास कार्यालय बाराले जनाएको छ । सो किराको कारणले आपको फलमा माहामारी जस्तो रोग लागेकोले आप उत्पादनमा कमी हुने बागवानी अधिकृत गणेश मिश्राले बताए ।
जिल्लामा करिब १२ सय हेक्टर क्षेत्रफलमा रहेको बगैचामा यसबर्ष आपको फलमा सो नया जातको किराले प्वाल पारी नष्ट गर्ने गरेकोले यसको नियन्त्रण गर्नेको लागि क्लयोरोपायरी फोर्स बिषादी औंषधी साबुनको झोलमा मिसाएर छर्कन किसानहरुलाइ बताइएको छ, भने नया जातको किराको पहचान र यसको रोकथाम गर्नेको लागि सम्बन्धित माथिलो निकायमा पत्राचार गरिएको अधिकृत मिश्राले जानकारी दिए ।
गतबर्ष बारा जिल्लमा करिब ७५ करोड ६० लाख मुल्य बराबरको २१ ह्जार ६ सय मेट्कि टन आप उत्पादन भएको थियो ।

Loading...

Arun Sah Web Hosting