Latest News from Terai Madhesh

शिक्षा कार्यालय बारा कर्मचारीको कोठाबाटै सञ्चालन ! कमिशन संकलनको लागि टोलि परिचालन

जिल्ला शिक्षा कार्यालय बाराको कार्यालयमा नबसी आफ्नै कोठाबाट कामकाज गर्दै बिनि देबेन्द्रलाल कर्ण ।

सुभाषप्रसाद साह

मध्य तराई मधेसको जिल्ला बारामा राजनीतिक अन्योलका कारण केही सरकारी कार्यालयका कर्मचारीहरुको मनोमानी कामले सर्बसधारण सेवाग्रही मर्कामा परेका छन् । मुख्य रुपमा जिल्ला शिक्षा कार्यालय बाराको कामकाज कार्यालयका कर्मचारीहरु आफ्नो कोठाबाट गरिरहेका कारण सर्बसधारण सेवाग्रही मर्कामा परेका छन् । सानोतिनो कामले बिहान कार्यालय पुग्ने अधिकांश सर्बसधारण सेवाग्रही कर्मचारी खोज्दा खोज्दै बेलुका काम नगराई घर फकर्ने गरेका छन् । कामको लागि जिल्ला शिक्षा कार्यालय पुगेका रितेश त्रिपाठीले कार्यालयमा कर्मचारी फेला नपरेपछि रित्तै हात फर्केको गुनासो गरे । कर्मचारीहरु कार्यालयमा नभेटेपछि उनले जिल्ला प्रशासन कार्यालयमा पुगी यस सम्बन्धमा आफ्नो गुनासो पोखेको त्रिपाठीले बताए ।

शिक्षा कार्यालयका कर्मचारीहरु कार्यालयमा नबसी आफ्नै कोठाबाट गरिने सेवाग्रहीबाट काम गरी रकम असुल्ने गरेका समेत गुनोस बढदै गईरहेको छ । शिक्षा कार्यालयका जिम्मेवार कर्मचारीहरु कार्यालय नबसी बाहिरबाट गरिने अधिकांश भौतिक पुर्वाधार तथा अन्य कामकाजबाट ठुलो रकम असुल्ने गरेको बिरोधमा शिक्षकहरु आब्द्ध रहेका बिभिन्न संगठनहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको ध्यानआकर्षण समेत गराएको नेपाल शिक्षक युनियनका उपाध्यक्ष भरत साहले बताए । उपाध्यक्ष साहका अनुसार क्षेत्र नम्बर ५ र ६ बाट अधिकांश भौतिक पुर्वाधारका कामहरु कमिशन नदिएको काटेर अन्यत्र दिईएको छ । कमिशनको लागि जिल्ला शिक्षा अधिकारी जयप्रकाश दास, अशोक रौनियार, देबेन्द्रलाल कर्ण लगायतका मरिहते गरिरहेका छन् ।

यसै बीच शिक्षा कार्यालय बाराका बिद्यालय निरिक्षक देबेन्द्रलाल कर्णसंग बिद्यालयमा परेको उजुरहरुको बारेमा बुझन खोज्दा कार्यालयमा बिगत दुई हप्तादेखी फेला नपरेपछि निजले आफ्नै कोठाबाट कार्यालयको काम सञ्चालन गर्दै आएको थाहा पाएर बिनि कर्णसंग बुझन खोज्दा उल्टै पत्रकारले डेरामा बसेको कोठामा आएर धम्की दिएको बाहाना गरी कानुनी कारवाहीबाट उम्किन खोज्दैछन् ।

शिक्षा कार्यालयका जिम्मेवार कर्मचारी सहित बिनि कर्णले कार्यालयमा नबसेर आफ्नै डेराबाट जिल्लाका बिद्यालयमा नयाँ नियुक्ति, गरिएकाहरुको अभिलेख कायम तथा हालै शिक्षा सेवा आयोगले गरेको बढुवाको चिठी बितरण र भौतिक पुर्वाधार बितरणका लागि आफ्नो दलालहरु मार्फत ठुलो रकम लिईरहेको युनियनका उपाध्यक्ष साहले बताए ।

शिक्षा कार्यालय बारामाबाट कर्मचारी युनियनको नाममा राजनीतिक गर्ने अशोक रौनियारले गत बर्ष नै लिएको नौ लाख रुपैया बेरुजु भए पनि अहिले पनि उनले पेश्कीको नामा लाखौ रुपैया कानुन बिपरित लिएको समेत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । शिक्षा कार्यालय बाराका केही कर्मचारीहरु कार्यालय नगएर सेवाग्रहीबाट रकम असुल्ने गर्छन भने कोही कार्यक्रमको नाममा जथाभावी पेश्की लिएर रकम कमाउँने काम गर्छन् । यसरी शिक्षा कार्यालय बारामा हुने अनियमितता बुझन कार्यालय पुग्दा कर्मचारी अनुपस्थितिले बुझन सकिदैन भने तिनिहरुको आफनै डेराबाट सञ्चालन गरेका शिक्षा कार्यालयको कार्यको बारेमा त्यस ठाउँमा पुग्दा तिनिहरु बिभिन्न बहाना बनाई सञ्चारकर्मीलाई झुक्याउँने काम गर्ने गर्छन् । जिल्ला प्रशासन स्रोतका अनुसार शिक्षा कार्यालय बारामा भईरहेको कर्मचारी मनोमानी रोक्नको लागि बिशेष निगरानी गरिएको र केही दिनमै यसको परिणाम बाहिर आउँने छ । बिशेष गरी कमिशनको चलखेल हुने यस कार्यालयबाट अब धेरैको पोल खुल्ने पक्का रहेको छ ।

Loading...

Arun Sah Web Hosting