Latest News from Terai Madhesh

महायज्ञ सम्पन्न भएपनि क्याम्पस भवन निर्माण गर्न चासो नदेखाएको भन्दै स्थानीयबासीले उच्च माविको जग्गा खनजोत गर्न रोकेंपछि क्याम्पस भवन निर्माणस्थल छनौट गर्न समिति गठन

जीतलाल श्रेष्ठ
बारा, माघ ।

गौरीशंकर क्याम्पस भवन निर्माणार्थ महायज्ञ लगाएको दुईवर्षे बित्तेपनि क्याम्पसको भवन निर्माण गर्न चासो नदेखाएपछि स्थानीयबासीले श्रीगौरीशंकर उच्च मावि निजगढ ७ को वडा नं. ८ मा रहेको जग्गामा एक महिनादेखि खनजोत गर्न नदिएपछि बुधवार क्याम्पस ब्यवस्थापन समितिको बैठकले क्याम्पस भवन निर्माणस्थल जमीन छनौट गर्न ५ सदस्यीय समिति गठन गरेको छ । निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा गौरीशंकर क्याम्पस निजगढको ब्यवस्थापन समिति गठन भएपछि क्याम्पस भवन निर्माणस्थल जमीन छनौट समिति गठन गरिएको हो । पटक—पटक सार्वजनिक स्थानहरुमा क्याम्पस निर्माण नभएको भन्दै चर्चा चल्ने गरेपछि पछिल्लो पटक स्थानीयबासीबाट गौरीशंकर उच्च माविको जग्गामा खनजोत गर्न रोकेंपछि समितिलाई दबाव सिर्जना भएको थियो । विगतका वर्ष झैं उच्च माविले तीन वर्षका लागि स्थानीय ब्यक्तीलाई ठेक्कामा बालीनाली लाउन दिएपनि निजगढ ८ र ९ का स्थानीयबासी भेला भई क्याम्पस भवन अविलम्ब निर्माण गर्न दवाव दिने उद्देश्यले संर्घष समिति गठन गरि खनजोत गर्न रोकेका थिए । गठित संर्घष समितिले स्थानीय विभिन्न राजनीतिक दल लगायतलाई केही दिन अघि छिटै नैं क्याम्पस निर्माण गर्न ज्ञापन पत्र समेत बुझाएका संर्घष समितिका सदस्य बद्री चिमोरियाले बताए । महायज्ञ लगाउदा“ र दान संकलन गर्दा निजगढ ८ स्थित श्री सरस्वती निम्न माविसंगै रहेको कित्ता नं. २३० को २ विघा ५ कठ्ठालाई देखाएपनि अहिले सम्म गौरीशंकर उच्च माविले नै ठेक्का लाएर आयस्ता खार्दै आएकोले क्याम्पस निर्माण गर्न कुनै चासो नदेखाएपछि सो जग्गा रोकेका हौ—संर्घष समितिका चिमोरियाले भने । अब, क्याम्पस निर्माणका लागि छिटै नैं सो जग्गा प्रयोग नगरिने हो भने, खेलकुदका लागि प्रयोग गरिने समेत केही स्थानीय युवाहरुले भने । गौरीशंकर क्याम्पस निर्माण गर्न लगाईएको महायज्ञमा निजगढको ८ र ९ नम्बरका जनताले उल्लेखनिय आर्थिक सहयोग गरेका कारण यही जमीनमा क्याम्पस भवन निर्माण गरिनु पर्ने एकथरि गा“उलेहरुको भनाई छ ।
महायज्ञमा ठुलो रकम कबोल गर्नेहरुले पुरा रकम नदिएपनि सक्दो दान गर्ने अधिकांशले पुरा रकम दान गरि सकेकोले उनीहरु क्याम्पस भवन निर्माणपछि सञ्चालनको प्रतिक्षामा छन् तर् उच्च माविले क्याम्पस निर्माणका लागि जग्गा उपलब्ध नगरि आलटाल गरेकै कारण सो जग्गा संर्घष समितिले बालीनाली लगाउन र ठेक्का लिएका ब्यक्तीलाई रोक्नु परेको संर्घष समितिका संयोजक कर्ण बहादुर लामाले बताए । महायज्ञ सफल पार्न स्थानीय विभिन्न राजनीतिक दल, संघ संस्था, समाजसेवी, बुद्धिजीवि, नागरिक समाज लगायत आमनिजगढबासीले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि भवन निर्माणमा चासो नदेखाएको जनगुनासो बढी रहेको थियो । गाउलेले जग्गामा रहेका झार, बुट्यानहरुलाई स्थानीयबासीले सफा गर्न आगो लगाउदै ट्याक्टरले संर्घष समितिको निर्देशनमा जोतेको थियो ।
महायज्ञ आर्थिक समितिले आय—ब्याय झण्डै एक वर्षपछि सार्वजनिक गरेपनि क्याम्पस भवन निर्माण गर्न सम्बन्धित पक्ष नलागेको गा“उले भनाई छ । क्याम्पस भवन निर्माण गर्न महायज्ञ सम्पन्न भएपनि क्याम्पसलाई कुन जग्गा उपलब्ध गराउने भन्ने कुरामा कुनै टुंगो नभएको गौरीशंकर उच्च माविका प्रार्चाय सुर्दशन कोईरालाले बताउ“छन् । यसरी क्याम्पस भवन निर्माणको वाहानामा उच्च माविको जग्गालाई विवादमा ल्याउनु उचित नभएको प्रार्चाय कोईरालाले भन्दै सहमतीमा विकल्प खोज्नुपर्ने बताएका थिए ।
महायज्ञबाट निजगढ ८ स्थित बकैयाखोलाबगर छेउको १० करोड मुल्य बरावरको सार्वजनिक ५० विघा जमीन क्याम्पसलाई दिने घोषणा गर्दै १६ करोड दान भएको सार्वजनिक गरिएको थियो । महायज्ञबाट नगद संकलन भएको लगभग ५० लाख रुपैया निजगढ स्थित राष्ट्रिय वाणिज्य बैंकमा राखिएको क्याम्पस प्रमुख रामप्रसाद गौतमले जानकारी दिनु भयो । क्याम्पस भवन निर्माणका लागि संकलित रकमबाट यथाशिघ्र भवन निर्माण गर्नु गराउनु पर्ने आमनिजगढबासीको धारणा रहेपनि पछिल्लो पटक क्याम्पस भवन निर्माणस्थल छनौट समितिले ५ दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने जनाएपछि क्याम्पस भवन बन्ने केही आशा जगाएको छ ।

Loading...

Arun Sah Web Hosting