Latest News from Terai Madhesh

लण्डनमा नोभेम्वर ६ तारिखमा छठ पर्व मनाइने

लण्डन । एसोसिएसन अफ नेपाली मधेशीज् यूकेले आउदो ६ नोभेम्वरमा छठ मनाउने भएको छ । लन्डनमा आइतबार क्राउन हाउसस्थित नर्थ वेष्ट कलेजमा पर्व मनाउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । संस्थाले बेलायतमा छठ मनाउन लागीएको यो तेस्रो पटक हो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथी रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न नेपाली संघ­संस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको छ । कार्यक्रममा आरती, प्रसाद एवं मौलिक खाना वितरण गर्ने कार्यक्रम छ ।

बेलायतको नेपाली समुदायमाझ आपसी मेलमिलापको सन्देश प्रवाह गर्दै मधेशी संस्कृति झल्काउने उद्देश्यले पर्व मनाउन लागिएको संस्थाका अध्यक्ष भाग्यनारायण रायले जनाकारी दिनु भयो ।

Loading...

Arun Sah Web Hosting