Latest News from Terai Madhesh

कास्ट्रोपमा तीन हप्ते थान्का प्रदर्शनी शुरु

बर्लिन । जर्मनीको कास्ट्रोपमा तीन हप्ते थान्का प्रदर्शनी सुरु भएको छ । तीन हप्ते प्रदर्शनीको गैर आवासिय नेपाली संघ एनआरएनका अध्यक्ष देवमान हिराचन र कास्ट्रोपको राउक्सेल शहरका नगर प्रमुख जोहनेस बाइजेन्हेर्जले संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ । जर्मनीको कास्ट्रोप राउक्सेल शहरको अन्तरराष्ट्रिय सप्ताह अन्तर्गत नमस्ते रेस्टुरेन्टमा शुरु भएको तीनहप्ते थान्का प्रदर्शनीमा नेपाली काष्ठकला, धातुकला लगायत अन्य हस्तकलाका विभिन्न सामग्रीहरु पनि प्रदर्शनीमा उच्च सजावटका साथ राखिएको छ ।

रेस्टुरेन्ट स्थापनाको अर्ध वाषिर्कीको अवसरमा हरेक वर्ष सञ्चालन हुने थान्का प्रदर्शनीवाट हुने आर्थिक रुपैया गत वर्ष स्थापित दिपेन्द्र-गीता शिक्षा कोषको छात्रवृत्ति कार्यक्रमको लागि लगानी गरिने छ । एनआरएनका अध्यक्ष देवमान हिराचनले प्रदर्शनीमा सहभागी भएका जापानी नागरिकहरुलाई जर्मनी शैलीमा अभिवादन गर्दै नेपाली कलाप्रति जर्मन नागरिकको गहिरो आस्था तथा विश्वाशप्रति आभार प्रकट गर्नु भएको थियो । जर्मनी नागरिक नागरिक र नेपाली प्रवासी नागरिक वीचको यस्तो खालको सुमधुर सम्बन्धलाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको थियो ।

संचालक प्रकाश शर्माले नगर प्रमुख र अन्तरराष्ट्रिय सप्ताहकी संयोजक आइला डालकिलिचलाई मायाको चिनोको रुपमा नेपाली कलात्मक कलम प्रदान गर्नुभएको थियो ।सेप्टेम्वर २८ तारिखवाट शुरु भएको प्रदर्शनी अक्टोबर ११ मा औपचारिकरुपमा सम्पन्न हुनेछ ।

Loading...

Arun Sah Web Hosting