Latest News from Terai Madhesh

टोक्योमा एक नेपालीको मृत्यु


टोक्यो । जापानमा केही समयदेखि बेबारिसे अबस्थामा रहेका काभ्रेका ४२ बषिर्य दीपक गौतमको गएराती टोक्योमा निधन भएको छ । मदिरा सेवन गरी टोक्योका सडक स्टेनशन र पार्कहरुमा बेबारिसे अबस्थामा भेटिने गरेका काभ्रे पाँचखालका दीपक गौतमको उच्च रक्तचापका कारण मृत्यु भएको शोवा अस्पताल स्रोतले जानकारी दिएको छ । रगत वान्ता गरेपछि उनलाई मंगलवार साँझ अस्पताल पुर्‍याइएको थियो ।

हाल उनको शवलाई शोवा अस्पतालमा राखिएको त्यहाँबाट संचालित कम्यूनिटी साइट टोक्यो नेपाल डटकमले जनाएको छ । अत्येष्टीका लागि अहिलेसम्म कोही पनि आफन्त पुगेका छैनन् ।

यसअघि गौतमलाई गत साल गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावासको सहयोगमा करिव १ लाख २५ हजार येन चन्दा संकलन गरि उद्धार गरेर नेपाल पठाइएको थियो । तर कुक भिसा रहेका गौतम पुनः एक महिनाअघि जापान आएको बताइएको छ ।

पुनः जापान आएपछि पनि उनलाई उद्दार र खाने वस्ने प्रबन्ध गर्न नेपाली समुदायले प्रयत्न गरेको थियो । तर शारिरिक र मानसिरुपमा बिक्षिप्त रहेका गौतमको ब्यबहारका कारण उनलाई सहयोग गर्नेहरुको संख्या घट्दै गएको थियो ।

करिव १२ बर्षअघि कुक भिषामा जापान आएका गौतम पछिल्लो समयमा मदिराको नसामा फसेका थिए । श्रीमतिले छाडेर अर्कैसँग बिहे गरि जापानै बसेपछि उनी झनै बिक्षिप्त भएका थिए । उनका एक छोरा र एक छोरी नेपालमै रहेको बताइएको छ ।

Loading...

Arun Sah Web Hosting