प्रवास

मृत्युदण्ड सुनाइएका घलेको मुद्दा अव फेडरल कोर्टमा

लागुपदार्थको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका हरि वहादुर घलेको मंगलवार फैसला भएको छ । फैसला अनुसार उनको मुद्दा (माथिल्लो कोर्ट) फेडरल कोर्टमा जाने भएको छ ।

मंगलवार घलेको तर्फवाट बकिल राजपाल सिंहले करीव एक घण्टा वहस गरेपछि उनको मुद्दा फेडरलकोर्टमा पुगेको हो ।

‘अव उनको मुद्दा अगाडि वढिसकेको छ, उनलाई बचाउनका लागि हामि लागि परेका छौ’, मलेसियाका लागि नेपालका राजदुत डा.श्रृषिराज अधिकारीले इकान्तीपुर संग भने ।डा.अधिकारीका अनुसार अव कसरी अगाडि वढने भन्ने वारेमा वकिल संग छलफल हु“दैछ ।

वकिल राख्नलाई पैसाको अभाव भएपछि दुई महिना अगाडि दूतावासले सुचना निकालेर रकम संकलनको आह्वान गरिएकोमा २९ हजार मलेसियामा रहेका श्रमिकहरुले जम्मा पारेको दुतावासले जनाएको छ । दुतावासका अनुसार घलेको परिवारवाट प्राप्त भएको रकम ५ हजार रिगेट सहित करीव ३४ हजार पुगेको छ । सोहि रकम नै घलेको बचाउनका लागि खर्च गरिनेछ ।

अदातलमा फैसला भैरहदा नागरिक समाजको तर्फवाट गैर आवासिय नेपाली संघका अध्यक्ष शंकर वहादुर पौडेलभन्दा कोहि पनि अदालतमा नहुदा धेरैले नराम्रो मानेका थिए । एक श्रमिक नाम नछाप्ने शर्तमा भन्छन नागरिक समाजका मानिसहरु घलेलाई देख्न मात्र भएपनि चाहन्थे तर सुचना पाइएन ।

सात वर्ष अगाडि देखि घले संगै जेल जीवन बिताईरहेका अर्का आरोपित व्यक्ति साजन गुरुगको केहि समय अगाडि मलेसियामानै उपचारको क्रममा मृत्यु भएको थियो !
श्रोत ः कान्तिपुर

Back to top button
Close