सात पुस्ताको गौरव संङ्गाली यादवप्रसाद उपाध्याय काठमाण्डौंमा बसाई सराई गरे

बारा जिल्लाका बौद्धिक व्यक्तित्व कलैया उपमहानरपालिका वडा नं. ४, पन्नाबाग निवासी यादवप्रसाद उपाध्याय आफ्ना दश परिवारका सदस्य सहित टोखा नगरपालिका धापासी, काठमाण्डौंमा बसाई सराई गरेका छन् ।

उपाध्याय रामराजा क्याम्पस, कलैयाका पूर्व क्याम्पस-प्रमुख तथा ठाकुरराम क्याम्पस, वीरगञ्जका पूर्व प्राध्यापक हुन् ।

राणाहरुबाट विर्ता पाएका निजका पूर्वज सात पुस्ताअघि पालुबारी, साँखुबाट बसाईसराई गरी तत्कालीन कलैया स्थित रामपुर गाउँमा स्थायी बसोबास गर्दै आएका थिए ।

जमिन्दार पारिवारीक पृष्ठभूमिका उपाध्याय नेपालका चर्चित संविधानविद् तथा वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्माका भाई हुन् ।

बनारस हिन्दू विश्वविद्यालयबाट सन् १९६९ मा ईतिहासमा एम.ए. गरेका उपाध्यायका पत्नी सहित दुई छोरा र एक छोरी रहेका छन् ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।