दाइजोको निहुँमा एक महिलाको हत्या

रौतहट । दाइजोको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ । स्थानीय गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाही निवासी २१ वर्षीय सुधा देवी साहको हत्या भएको हो । ससुरा राम ईश्वर जैसवाल, श्रीमान उपेन्द्र जैसवाल र सासु मिलेर छोरीको हत्या गरेको मृतकका बूबा देवाही गोनाही नगरपालिका वड़ा नम्बर ३ निवासी लालबाबू साहले आरोप लगाएका छन् ।

मइतीघरबाट ५ दिन पहिला ससुरालीघर गएकी छोरीले असोज २ गते पÞmोन गरी भेट्न आउनु पर्छ भन्दा भेट्न जाँदा छोरी सित भेट्न नदिएको साहले बताए । आखाबाट आशु झार्दै साहले भने विरामी छू बूबा आउनु पर्छ भने छोरी बुधवार आफ्नै घरमा मृत अवस्थामा भेट्यो । सासु ,ससुरा र श्रीमानले मिलेर हत्या गरेको हुदा कार्यवाही गर्न सम्वन्धित निकाय संग मांग गरे । तीन वर्ष पहिला सामाजिक परम्परा अनुसार विबाह गरेको छोरीलाइ दाइजो नदिएको भन्दै यातना दिदै आएको र सासु ससुराले विष खुवाएर हत्या गरिदेउ भन्दै आएको पीड़ित साहले सुनाए ।

घटना भएको दिन विहान ८ बजेको समय मा जवाई उपेन्द्र साहले मोटर साइकल दिनु बाहिर काम विशेषले जानू पर्ने भन्दै मेरै मोटर साइकल लिएर फरार भएको बताएका छन् । छोरीको हत्या गरेर सवै जना घर छोडेर फरार भएका छन् । घाटीमा डोरीको डाम रहेको छ । हत्या गरेर आत्म हत्याको संज्ञा दिन खोजिएको मृतकका पिताले दावी गरे । मृतक महिलाको शव परिक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।