निजगढ भन्दा सर्लाहीको सागरनाथमा अन्तराष्ट्रिय विमानस्थल बनाआैंः डा. कोइराला

काठमाडौं । मानसरोबरको यात्रामा निस्केका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तराष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपर्युक्त हुने जनाएका छन् ।

निजगढमा विमानस्थल निर्माणको क्रममा झण्डै २४ लाख रुख कटान गर्नु पर्ने देखिको भन्दै चाैतर्फी विरोध भइरहेकाले नेता डा. कोइरालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै निजगढबाट नजिकै रहेको सर्लाहीको सागरनाथमा तीन हजार बिघा जग्गा रहेकाले त्यस स्थानमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा समस्याको समाधान हुने जनाएका हुन् ।

एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने बताए । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरकोरवाला निकायको ध्यान जानु आवश्यक हुने उनको भनाइ छ ।

मानसरोवरको धार्मिक भ्रमणमा रहेका डा. कोइरालाले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि चिनियाँ बिदेश मन्त्रालयका उपमहानिर्देशक लिउ लिनसँग ल्हासामा भेटघाट गरेका छन् ।

भारतीय कामग्रेसका अध्यक्ष राहुल गान्धीले मानसरोबर यात्रा गरेको केहि दिनमै डा. कोइरालाले मानसरोबरको यात्रामा निस्केका हुन् ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।