यु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थान

भारतमा भइरहेको यु-१९ चतुष्कोणीय एक-दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अफगानिस्तानसँग ७१ रनको पराजय व्यहोरेको छ ।

अफगानिस्तानले दिएको २४५ रन्को लक्ष पछ्याउने क्रममा नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ स्क्वाडले ४५.१ ओभरमा १७३ रनमै चित्त बुझायो । नेपालको तर्फबाट आसिफ सेख र लोकेश बमले सर्वाधिक २५-२५ रनको योगदान गरे बाँकी ब्याट्सम्यानहरू सस्तैमा प्याभेलियन फर्किएका कारण नेपाललाई यो लक्ष पहाड जत्रै साबित भएको थियो ।

नेपालका तर्फबाट अन्य ब्याट्सम्यानमा अरुण ऐरी २४, पवन सर्राफ २३, सन्दीप जोरा १८, भिम सार्कीले १६ रन जोडेका थिए । त्यस्तै रित गौतम १४, समसाद आलम १२, कमल ऐरी ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । ४ रङ बनाएका राशिद खान अविजित रहे भने २ बल खेलेका सागर ढकालले खाता समेत खोलेनन् ।

अफगानिस्तानको तर्फबाट रियाज हसनले सर्वाधिक विकेट झारे । ९ ओभर बलिङ गरेका हसनले ४२ रन खर्चेर ४ नेपालि खेलाडीहरूलाई प्याभेलियन फर्काएका थिए । त्यस्तै रिजवानुल्लाह मुरादले २ र अब्दुल रहमानी, आरिफ दौलतजाई, जाकिउल्लाह सुल्तानी र एजाज अहमद मेहरानले १-१ विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा २४५ रनको लक्ष्य दिएको छ । अफगानिस्तानमा ब्याटस्म्यान रियाज हसनले १२ वटा चौका र १ छक्काको मद्दतले १४९ बलमा ११७ रन बनाएर अविजित अवस्थामा रहे ।

त्यस्तै बसिर सिर ले ३२ र आरिफ दौलतजाईले २४ रनको योगदान गरेका थिए । नेपालको बलिङ ठीकठाक निस्के पनि रियाज हसनको आक्रामक ब्याटिङ खलनायक बनिदिएपछि प्रतियोगिताको तेस्रोस्थानमा कब्जा गर्ने नेपालको सपना पूरा हुन सकेन ।

नेपालका बलरहरूमा पवन सर्राफ, सागर ढकाल र शम्साद आलमले २-२ विकेट लिए भने राशिद खानले १२ विकेट लिएका थिए ।
खेल लखनउ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा सञ्चालन भइरहेको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।