नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ आजबाट शुरु

नमुना बौद्ध मास्टर्स चेस च्यापम्यिनशिप २०१८ आजबाट शुरु भएको छ । मार्वल टेक्नोप्लाष्टका सी.ई.ओ. पवन कुमार सञ्चितिले च्यापम्यिनशिपको उद्घाटन गरेका छन् ।

नमूना बौद्ध चेस क्लबद्वारा आयोजित चेस प्रतियोगिता गुह्येश्वरी बौद्ध टाउनप्लानिङमा रहेको नमूना पार्कमा ४ दिनसम्म चल्नेछ । प्रतियोगीतामा नेपाल च्याम्पियन फिडे मास्टर, सिएम, एफएम, डब्लुएफएम जना सहित ३८ खेलाडिहरुको सहभागिता रहने छ । स्विस लिग प्रणालीमा हुने प्रतियोगिता ७ चरणमा हुनेछ ।

१ लाख ५५ हजार पुरस्कार राशी रहेको प्रतियोगिताका च्याम्पियनले पचास हजार, दोश्रोले तीसहजार, तेश्रोले बीस हजार, चौथोले पन्ध्र हजार तथा पाँचौ र छैटौं हुनेले दश—दश हजार रुपैंया पुरस्कार राशी पाउनेछन् भने बेष्ट महिला र बेष्ट नमूना बौद्ध चेस क्लब बिधाको राशी दश—दश हजार रुपैंया छ ।

प्रतियोगिताको पुरस्कार वितरण भदौ ३१ गते खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यतामा हुनेछ ।

प्रतियोगिताको चिफ आर्बिटर आइए उमेश के.सी. चौलागाई र भाइस आर्विटर हर्कराज राई रहेका छन् ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।