आन्दोलनरत बिद्यार्थी तथा शिक्षा समिती बिच सात बुन्दे सहमति

नरेश गुप्ता

बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई नमुना बिधालयमा अध्यनरत बिद्यार्थीहरुले बिगत दुई दिन देखी गरेको आन्दोलनरत बिधार्थी तथा बिधालय प्रशासन र शिक्षा समिती बिच सात बुन्दे सहमती भयको छन।

बिधालयमा कार्यरत शिक्षक मनोज साह गोढको काज सरुवा र नगर प्रहरीदारा बिधालय परिसरमा भयको झडपको विरुद्धमा बिगत दुई दिन देखी आन्दोलन गर्दै आएको बिद्यार्थीहरुको माग प्रती महागढीमाई नगरपालिका अन्तर्गत रहेको शिक्षा समिती र बिधालय प्रशासन बिच आज सहमति भएको छ। महागढीमाई नगर उप प्रमुख तारा देबि कानुको अध्यक्षतामा बिधालय परिसरमा बसेको बैठकले सात बुन्दे सहमती भएको शिक्षा समिती संयोजक शसिकान्त मिश्रले बताए ।

बिधालयको शिक्षक मनोज साह गोढको काजसरुवा फिर्ता , बिधालयको प्रधानाध्यापक रामएकबाल साह लाई नगर भित्र रहेको अन्य माध्यमिक बिधालयमा दरबन्दी मिलान गर्ने निर्णय गरिएको छन । त्यसैगरी महागढीमाई नपा बाट आन्दोलनको क्रममा नगर प्रहरी दारा बिद्यार्थीहरुमाथी गरिएको कुटपिट छानबिन समिती को प्रतिबेदन बाट पुष्टि भएमा सो नग प्रहरीलाई कार्वाही गरिने निर्णय आज समपन बैठक बाट गरिएको थियो ।

महागढीमाई नपा ,शिक्षा समिती ,बिधालय प्रशासन , अभिभावकहरुको रोहबरमा समपन बैठकले बिधालय आन्दोलनको क्रममा भएको छतिपुर्ती महागढीमाई नपाले ब्यवस्थापन गर्ने निर्णय गरिएको थियो । त्यसैगरी आन्दोलनको क्रममा बिधार्थिबर्ग र बिधालय ब्यवस्थापन पक्ष बिच बिद्यार्थीको मागलाई सुनवाई नभएको कारण प्रदर्शनले उग्र रुप लिएको जसमा तीन जना बिद्यार्थी र प्रहरीलाई समेत चोटपटक लागेकोले उनिहरुको उपचारको ब्यवस्था महागढीमाई नगरपालिकाले बेहोर्नु पर्ने निर्णय भएको छ ,तथा आन्दोलनको क्रममा बिधालय प्रशासनको लापरबाही छानबिन समितिले गर्ने र सो पुष्टी भएमा बिधालय ब्यवस्थापन समिती अध्यक्षमाथी समेत कार्वाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो ।

बैठकमा श्री गढीमाई नमुना बिधालयको प्रधानाध्यापक रामएकबाल साह , बिधालय ब्यवस्थापन समिती अध्यक्ष दिप प्रकाश गुप्ता ,नगर उप प्रमुख तारा देबि कानु , छानबिन समिती संयोजक सुदामा साह कानु , पुर्व बिधालय ब्यवस्थापन समिती अध्यक्ष रामबाबु यादव लगायत अभिभावक बर्गको सहभागिता रहेको थियो

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।