बारा समाचारमुख्य समाचार

बारामा फेरि एक किशोरीको शंकास्पद मृत्यु, बारा प्रहरी अनुसन्धानमा जुटे

नरेश गुप्ता । बारामा पुन: एक १६ बर्षिय किशोरिको शंकास्पद तरिकाले मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा ४ दहियार निवासी बिरेन्द्र महतो नुनियाको बर्ष १६ को पुनम कुमारिको शंकास्पद मृत्यु भएको खबरले फेरि चर्चाको बिषय बनेको छ ।

बिहिबार बिहानै किशोरिको मृत्युुको खबर जिल्ला प्रहरी कार्यलय बारालाई प्राप्त हुन साथ मातहातको प्रहरी युनिट ईन्चार्जहरुलाई जाचबुझ गर्न त्यसतर्फ पठाईएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा त्यहाको अवस्था हेर्दा किशोरिको राती नै मृत्यु भएको र शव जलाउन स्थानिय पाँच सयको संख्यामा महिला र पुरुष पुगेको दृश्य देख्दा जो कोहिको पनि मनमा चिसो पस्नु स्वभाविकै हो ।

किशोरिको शंकास्पद मृत्युु हुनु र एका बिहानै लास जलाउनु भन्नेको किशोरिको मृत्युु रहश्यमा भएको हुनु पर्छ । घटनाको जाजबुझ गर्न जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी नायब उपरीक्षक रनजित सिह राठौरले लास जलिसकेको अवस्थामा घटनास्थल पुगेका थिए र मृत्युु भएको किशोरिको बिषयमा सोधपुछ गरेका थिए ।

किशोरीको मृत्युे कारण मुर्छित हुने , आफै बेहोस हुने बताईएको भएपनी किशोरिको रहस्यमय मिर्त्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बिषयमा बारा प्रहरी अनुसन्धान गरिरहेको बाराको प्रहरी प्रवक्ता रनजित सिह राठौरले बताउनु भयो ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।