बारा समाचारमुख्य समाचार

फास्ट ट्रयाक खोल्न काटिएका ४० हजार क्युफिट काठ कुहिन थाले

प्रकृया नमिलेका कारण काठ व्यवस्थापनमा ढिलाई !

श्याम गुप्ता । मुलुकको पुर्वाधार विकासका क्रममा बारा, मकवानपुर लगायतका विभिन्न जिल्लामा काटिएका काठ राज्यले समयमा व्यावस्थापन गर्न नसिक्दा कुहिन थालेको छ ।

बाराको निजगढ देखि काठमाण्डौं द्रुत मार्ग निर्माणका लागि काटिएका करिव ४० हजार क्युफिट काठहरु व्यवस्थापन हुँन नसक्दा कुहिन थालेका हुन् ।

नेपाली सेनाले द्रुत मार्गको ट्रयाक खोल्ने क्रममा काटिएका काठहरु १० महिना अघि नै सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाए पनि सो काठ समय मैं बिक्री वितरण नहुँदा कुहिन थालेको हो ।

संबन्धित निकायका मन्त्रालय , विभाग र डिभिजन वन कार्यालयले लिलाम बिक्रीको आदेशमा ढिला सुस्ती गरिदिदा वेवारिसी अवस्थामा काठ कुहिँदै गएको हो ।

नेपाली सेनाले १० महिना अगाडी जिम्मा लगाएको काठ डिभिजन वन बिक्री वितरण गर्न कार्यालयले प्रक्रिया पुरयाउँन ढिलासुस्ती गर्दा एका तिर काठ कुहिँदै गएको छ , भने अर्को तिर उपभोक्ताहरुलाई अत्याआवश्यक काठ पनि दिन नपाएको बकैया नागमणि सामुदायिक वन उपभोक्ता समुँहका अध्यक्ष रविराज दंगाले बताए । उनले आँफु प्रक्रियाका लागि डिभिजन वन देखि मन्त्रालय सम्म धाएको गुनासो समेत गरेका छन् ।

यता डिभिजन वन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र कुमार मिश्रले केहि कागजी प्रकृया नमिलेका कारण ढिलाई भएको बताएका छन् । उनले फास्ट ट्रयाक अन्तरर्गत रहेको जिल्ला वन र चार वटा सामुदायीक वन मध्ये तीन वटामा पर्ने रुख कटानको लगत आएको र एउटाको आउँन अझै बाँकी रहेकोले समस्या आएको बताए । मिश्रले केहि समय भित्रमा काठको व्यवस्थापन शुरु भएको बताए ।

बारामा फास्ट ट्रयाक निर्माणका लागि नेपाली सेनाले पाँच वटा बल्कमा रहेर काटेको ४० हजार क्युफिट काठ कुहिँदै जाँदा एका तिर राज्यले लाखौं रुपैयाँको राजश्व गुमाउँनु परेको छ , भने अर्का तिर आम उपभोक्ताहरु यसको मारमा परेका छन् ।

बन कै आय आर्जनबाट सञ्चालन हुँदै आएका दर्जनौं सामुदयिक वनहरुको पनि उस्तै पिडा छ । कतिपय सामुदायिक वनहरुलाई कार्यालय सञ्चालन गर्न समेत हम्मे हम्मे परेको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।