बारा समाचार

परीक्षा शुरु अगावै श्री गढीमाई नमुना प्राबिधिक बिधालयको प्रश्नपत्र आउट परीक्षा नै स्थगित , बिद्यार्थीहरु आक्रोशित र अन्योलमा

नरेश गुप्ता  । बाराको महागढीमाई नगरपालिका १ स्थित रहेको श्री गढीमाई नमुना प्राबिधिक बिधालयमा मंगलबार देखि शुरु हुन लागेको दोस्रो त्रैमासिक परीक्षामा कक्षा ६ देखि ९ सम्मको अग्रेजी बिषयको प्रश्नपत्र परिक्षा शुरु हुनु अगावै आउट भएपछी परीक नै रद गरे पछि बिद्यार्थीमा आक्रोश र अन्योलता छाएको छ ।

श्री गढीमाई प्राबिधिक बिधालायमा मंगलबार परीक दिन पुगेको कक्षा ९ को केही बिधार्थिहरुले अग्रेजी बिषयको प्रश्नपत्र सोसल मेडियामा सार्वजनिक भएको भनेपछी प्राबिधिक कारण बताउदै बिधालयले परिक्षा रद गरिएको कक्षा ८ मा अध्यनरत पुजा गुप्ताले बताईन । प्रश्नपत्र कसरी आउट भएको बिषयमा गहन छलफलमा जुटेको गढीमाई नमुना प्राबिधिक बिधालयको प्रधानाध्यापक रामएकबाल साहले प्राबिधिक कारणले दोस्रो त्रैमासिक परीक रद गरिएको चित नबुझ्दो जवाफ दिनु भयो ।

महागढीमाई नपा १ र २ मा संचालित कोचिङ्ग सेन्टरमा पढाउने गढीमाईको कोई शिक्षकले आफ्नो कोचिङ्ग सेन्टरको बिधार्थिहरुले राम्रो अंन्क ल्याओस उदेश्यले प्रश्नपत्र आउट भएको बिद्यार्थीहरुले आरोप लगाएका छन ।

प्रश्नपत्र आउट गराउनु , समयमा परीक संचालन नगर्नु स्थगित गर्नु यो सबै बिधार्थिको जीवन सग समबन्धित बिधालयको प्र अ ले खेलवाड गरेकोले त्यसको छनबिन गरि कार्वहिको प्रक्रिया अगाडि बढाउने महागढीमाई शिक्षा समिती संयोजक शसिकान्त मिश्रले बताउनु भयो ।

बिधार्थिको भविष्य संग खेलवाड गर्ने र परिक्षा नै स्थगित गर्ने यस्ता घटनाले बिधालयको शिक्षाको स्तरमा नै असर पुगेको शिक्षाप्रेमिहरु बताउछन। बाराको महागढीमाई नपा भित्र पर्ने पाच वटा मा बि र बाकी सबैमा मंगलबार देखिनै परीक्षा संचालनमा रहेको छन भने गढीमाई प्राबिधिक नमुना बिधालयमा आईतवार देखि पुन परीक्षा संचालन गर्ने बिधालयको प्रधानाध्यापक रामएकबाल साहले बताए ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।