समाचार

डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २८ को उपचार हुँदै

धनगडी। डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी दिएका छन् ।

डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा जहेर्न आएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको थियो ।

गम्भीर घाइते भएकाहरूको उपचार उपक्षेत्रीय अस्पतालमा सम्भव नदेखिएपछि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ ।

उक्त बस डोटीको बानिडुग्रेसइन स्थित पीसजोन एकेडेमी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।