बारा समाचारमुख्य समाचार

बारामा १८ वर्षिय महिला मृत अवस्थामा फेला

बाराको काटघाट जंगलमा एक जना महिला मृत अवस्थामा भेटिएकी छिन । भेटिएको लास संकाशपद रहेको प्रहरीले जनाएको छ ।

जंगलको गोरेटो बाटो भन्दा केहि पर फालिएको अवस्थामा शवलाई जंगलमा गएका ब्यक्तिहरुले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटना स्थलमा पुगेको बारा प्रहरीको टोलीले शव सनाखत हुन नसकेको जनाएको छ ।

करिब १०÷१२ घण्टा भित्र निज मृतकलाई करनि गरेर फालिएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । मृतकको उमेर १८ ÷१९ वर्षको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतकको शवलाई थप अनुसन्धान गर्न जील्ला अस्पताल कलैया पढाएको र हाल घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान भैरहेको बाराका प्रहरी नायब उपरिक्षक रंजित सिहं राठोरले जानकारी दिनुभएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।