मनोरंजन

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो ।

उनले बैंकको ऋणमा डुबेका ती किसानको सम्पूर्ण ऋण चुक्ता गरिदिएका हुन् । भारतमा ऋणकै कारण बर्सेनि सयौं किसानले आत्महत्या गर्दै आएका छन् ।

अमिताभले बैंकमा ती किसानले चुक्ता गर्न बाँकी चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरिदिएका हुन् । उनले ती किसानलाई बैंकले उपलब्ध गराउने ऋणचुक्ता सम्बन्धी दस्तावेज आफ्नै हातबाट सुम्पने तयारी गरेका छन् ।

अत्यन्त व्यस्त रहेका अमिताभले तत्काल उत्तर प्रदेश जान आफू असमर्थ रहेको र एक हजार तीन सय ९८ किसानलाई नै मुम्बई बोलाउन पनि सम्भव नभएका कारण ती किसानमध्येबाट ७० जनालाई मुम्बई बोलाएर बैंकको दस्तावेज हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

मुम्बई आउनका लागि ७० जना किसानलाई रेलको एउटा डिब्बासमेत उनले रिजर्भ गरिदिएका छन् । २६ नोभेम्बरमा उनीहरु मुम्बई जाने र अमिताभको हातबाट ऋण चुक्ताको दस्तावेज लिने जनाइएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।