८ महिने बालिकाको हत्या विरोधमा बजार बन्द, सडक समेत अवरुद्ध

महोत्तरी : महोत्तरीको औरहीबाट बालिका अपहरण गरि हत्या गर्ने हत्याराको कारवाहीको माग गर्दै स्थानियले बजार र सडक बन्द गरी आन्दोलित भएका छन । वुधबार विहान औरहीबासीले स्थानिय औरही बजार अनिश्चितकालिन बन्द गर्दै वर्दिवास जलेश्वर सडकखण्डमा टायर वालि सडक अवरुद्ध गर्दै धर्नामा बसेका छन ।

दिनदहाडै पसलबाट वालिका अपहरण गरि हत्या गर्ने अपराधीलाई प्रहरीले तीन दिन वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै आफुहरु शान्तिपुर्ण आन्दोलनमा उत्रेको औरही उद्योगा वाणिज्य संघको सदस्य राजु चौधरीले बताए । यसभन्दा अगाडि आफुहरु स्थानिय प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको तर सो अवधिमा प्रहरीले हत्यारालाई पक्राउ नगरेको भन्दै आफुहरु सडक र बजार बन्द गरि आन्दोलित भएको सदस्य चौधरीले जानकारी दिए ।

यसभन्दा अगाडि मंगलबारसाँझ वालिका सोनालीको चिरशान्तिको कामना गर्दै स्थानियहरुले दीप प्रज्वलन गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले हत्याराको खोजी कार्य तीव्र रुपमा भईरहेको जनाएको छ ।

गत आईतबार साँझ स्थानिय सन्तोष चौधरीले संचालन गर्दै आएको सिद्धान्त फैन्सी स्टोर्समा ग्राहकको रुपमा आएका एक अपरिचित व्यक्तिले वालिका खेलाउनको निहुँमा ८ महिने सोनाली चौधरीलाई अपहरण गरि हत्या गरिएको थियो । वालिकाको शव प्रहरीले २० घण्टापछि सोमबार दिउँसो चौरीमा फेला पारेको थियो ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।