स्वास्थ्य / जीवनशैली

हृदयाघातबाट बच्न एभोकाडो प्रयोग गरौं

हाम्रो मुटु हरेक समय धड्किरहन्छ । यसले नसाको माध्यमले शरीरभरि रगत, अक्सिजन र अन्य आवश्यक पोषक तत्त्व पुर्याउँछ । तथापि, नसा बन्द भइदिनाले यस प्रक्रियामा समस्या आउन सक्छ । नसा बन्द हुनुको मुख्य कारण यसमा जम्ने प्लाक हो । यो गलत खानपिन र गलत जीवनशैलीका कारण नसामा आफै उत्पन्न भई जम्ने एकप्रकारको ब्याक्टेरिया हो । नसा बन्द हुनु मुटुरोग अथवा हृदयाघातको प्रमुख कारण हो । त्यसैले नसालाई खुला र सफा राख्नु धेरै आवश्यक छ । विश्वभर प्रसिद्ध फल एभोकाडो नेपालमा भित्रिएको धेरै समय भएको छैन । तथापि, यो अहिले बजारमा जताततै सजिलै पाइन्छ । यसमा भएका अनेकौं गुणका कारण नै यो यति छिटो सबैको रोजाइमा परेको हो । विशेषतः एभोकाडोले बन्द नसालाई खोल्न मद्दत गर्छ ।
एभोकाडोको विशेषता
एभोकाडोमा भिटामिन ई, मोनोस्याचुरेटेड फ्याट र अनस्याचुरेटेड फ्याट प्रशस्त पाइन्छ । यसमा अन्य फलको तुलनामा प्रोटिनको मात्रा प्रशस्त हुन्छ । त्यस्तै, यसमा केराको तुलनामा पोटासियम पनि धेरै हुन्छ । यसमा ३२२ क्यालोरी र २९ ग्राम फ्याट हुन्छ । यसमा हुने २० ग्राम मोनोस्याचुरेटेड फ्याटले कोलस्ट्रोल र सुगर नियन्त्रण गर्न धेरै सहयोग गर्छ । त्यस्तै, यसले भोकलाई कम गर्न र पेटको बोसो कम गर्न पनि सहयोग गर्छ । त्यसैले यसलाई तौल घटाउने सबैभन्दा राम्रो फल मानिन्छ ।
शरीरको तौल घटाउन मद्दत गर्छ 
एभोकाडो मुटुको लागि लाभदायक मोनोस्याचुरेटेड फ्याटको राम्रो स्रोत हो । शरीरलाई फाइदा गर्ने र नगर्ने कोलस्ट्रोलमध्ये एभोकाडोले फाइदाकारी कोलस्ट्रोलको मात्रा बढाउँछ । यसमा कोलस्ट्रोललाई नियन्त्रण गर्ने बिटा सिटोस्टेरोल पनि हुन्छ । एभोकाडोमा हुने मोनोस्याचुरेटेड फ्याटले शरीरमा अनावश्यक कोलस्ट्रोललाई कम गर्न अहम् भूमिका निर्वाह गर्छ ।
मुटुको समस्या कम गर्छ
एभोकाडोले बन्द भएको नसालाई खुलाउन सहयोग गर्छ । नसालाई सफा राख्ने खाद्यपदार्थमध्ये यसलाई सबैभन्दा उत्तम मानिन्छ । एक हप्ता दिनहुँ एकएक ओटा एभोकाडो खाने हो भने रगतमा कोलस्ट्रोलको मात्रा १२ देखि १७ प्रतिशतसम्म कम हुन्छ । यसले शरीरमा रहेको नराम्रो कोलस्ट्रोल घटाउनुका साथै राम्रो कोलस्ट्रोललाई बढाउँछ ।
एभोकाडो सेवन गर्ने तरिका
बिहान, दिउँसो अथवा कुनै पनि समयमा यसलाई खान सकिन्छ । यसको जुस पनि खाने गरिन्छ । त्यस्तै, खाजाको रूपमा पनि यसको प्रयोग गर्ने गरिन्छ । पोटासियम र भिटामिन ईले युक्त यो फलको सेवनले मुटुरोग अथवा हृदयाघातको सम्भावना धेरै कम गर्छ । बोसोमा सजिलै घुल्ने भिटामिन ईले भरिपूर्ण एभोकाडोको तेलको केही थोपा आफ्नो आहारमा मिसाउनु पनि फाइदाकारी नै हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि सबल पार्न सहयोग गर्छ । यसले नसालाई सफा राखेर मुटुलाई स्वस्थ राख्छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।