बारा समाचार

पत्रकार अजय साहलाइ धम्की

एभिन्युज टेलिभिजका पत्रकारलाई धम्की
बारको कलैयामा समाचार लेखेको विषयमा एभिन्युज टेलिभिजनका पत्रकारलाई धम्की दिईएको छ ।
सोमवार विहान ७ वजे चिया खाईरहेको बेला अचानक एनटिसीको मोवाईल नम्वर ९८६५२२६९२५ बाट एभिन्युजका बारा जिल्ला संवादाता अजय साहलाई धम्की आएको हो ।

आईतवार कलैया २३ भतौडामा विकास निर्माको काममा अनियमितता भएको समाचार एभिन्युजमा सम्प्रेषन भए पछि एभिन्युजकर्मी साहलाई फोनबाट धम्की दिईएको हो ।

अख्तियारमा वडा कार्यलयको विकास निमार्ण र एउटै परिवारको नातागोता उपभोक्ता समितिमा बसेकोले उजुरी परेको थियो । अख्तियार दुरुपयोग कार्यलय हेटौडाले उजुरीको आधारमा छानविनको लागि सम्पुर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

कागज मै सवै विकास गरेकोले फस्ने डरले वडाध्यक्ष र उपभोक्ता समिति नगर प्रहरीको सहयोगमा रातारात विधालय भवनको तारजालि लगाउने क्रममा गाउले समातेका थिए ।

गाउले प्रहरी बोलाई अख्तियारको टोली आई राति २ वजे मुचुल्का उठाएर गएका थिए ।

सत्य तथ्य समाचार आफुले संम्प्रेषण गरे पछि अनावश्य रुपले केहि व्यक्तिले मलाई फोन गरि धम्काएको र मानसिक यातना दिए पनि आफु कसैको धाक धम्कीले नडराउने पत्रकार साहले बताएका छन ।

पत्रकार माथि यस्तो धाक धम्की दुखद भएको नेपाल पत्रकार महासँघ बाराका निर्वतमान उपाध्यक्ष राकेश पाण्डेले बताएका छन । घटनाको घोर भत्सर्ना गदै दोषीलाई कडा भन्दा कडा सजाय दिनु पाण्डेले माग गरेका छन ।

निष्पक्ष स्वचछ वातावरणमा काम गर्न कसैको धाक धम्की नहोस भनि शान्ति सुरक्षाको लागि सोमवार जि ल्ला प्रहरी कार्यलय बारामा लिखित उजुरी दर्ता गराएका छन । निवेदनको आधारमा दोषीलाई पता लगाई कडा भन्दा कडा कारवाही गर्ने जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक मिरा चौधरीले प्रतिवद्धता जनाएकी छिन ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।