पर्सा समाचार

वीरगन्ज र हेटौडाको सडक फराकिलो पार्न प्रधानमन्त्री कार्यालयको निर्देशन

वीरगन्ज र हेटौडाको सडक फराकिलो पार्न प्रधानमन्त्रीको कार्यालयले निर्देशन दिएको छ ।
देशकै आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज महानगरपालिकाको मेनरोडको सडक र प्रदेश नंबर ३ को राजधानीको रुपमा रहेको हेटौडा उपमहानगरपालिका क्षेत्रका सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो दिएपछि सडक डिभिजन कार्यालयले गृहकार्य सुरु गरेको हो ।

प्रधानमन्त्री कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको काम अघि बढाउनको लागि निर्देशन दिएपछि सडक डिभिजन कार्यालय हेटौडाले तयारी थालेको हो । सडक विस्तारको पहलको लागि वीरगन्ज महानगरपालिका र हेटौडा उपमहानगरपालिकाले प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई निर्देशन दिएको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौँडाले आवश्यक तयारी समेत सुरु गरिसकेको जनाएको छ भने वीरगन्ज महानगरपालिकाले सडक फराकिलो पार्न कुनै तयारी समेत सुरु गरेको छैन । सडक फराकिलो नहुँदा वीरगन्ज महानगरपालिका र हेटौडा उपमहानगरपालिकाको बजार ब्यवस्थापन गर्न समेत समस्या भएको भन्दै महानगर र उपमहानगरपालिकाले गत साउन ३ गते प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो । उपमहानगरपालिकाकै अनुरोधपछि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।