गाजासहित २ जना पक्राउ 

राकेश यादव, रौतहट ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमपुरीबाट लागू औषध गाजासहित २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले बागमती बाँधमा जादै गरेको ना ५१ प ९९२ नम्बरको मोटर साइकल चेकजाच गर्ने क्रममा लागू औषध गाजासहित स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नं. २ वस्ने वर्ष अ.३० को संदिप पाण्डे र ऐ.ऐ. वस्ने वर्ष अ.२७ को सतिस पाण्डेलाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले बताएका छन् ।

पक्राउ परेको दुवै जनको साथबाट ११ किलो ५ सय ग्राम गाँजा फेला परेकोले  नियन्त्रणमा लिइ  आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स् ।
Show More

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।